लगातार दोस्रो दिन घट्यो सुनको मूल्य-Sutra News

लगातार दोस्रो दिन घट्यो सुनको मूल्य

बिहिबार, १५ फाल्गुन २०८१

बिहिबार, १५ फाल्गुन २०८१

काठमाडौं । साताको पाँचौं कारोबार दिन (बिहीबार) पनि सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा बुधबार प्रतितोला ८ सय रुपैयाँले घटेको सुनको मूल्य बिहीबार प्रतितोला २ सय रुपैयाँले घटेको हो ।



नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँ कायम भएको छ ।

यसअघि मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको थियो । जुन हालसम्मकै उच्च मूल्य हो ।

यद्यपि, बुधबार र बिहीबार भने मूल्यमा केही गिरावट आएको छ ।

सुनको मूल्य घट्दै गर्दा बिहीबार चाँदीको मूल्य भने बढेको छ । बुधबारको तुलनामा प्रतितोला ५ रुपैयाँले चाँदीको मूल्य बढेको हो ।

बिहीबार स्थानीय बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार ९४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज अन्तराष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंश २८९५.४१ डलरमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट