बीवाईडी हाई–टेक विकको शुभारम्भ, यी हुन् मुख्य आकर्षणका ६ गाडी-Sutra News

बीवाईडी हाई–टेक विकको शुभारम्भ, यी हुन् मुख्य आकर्षणका ६ गाडी

बिहिबार, १५ फाल्गुन २०८१

बिहिबार, १५ फाल्गुन २०८१

काठमाडाैं । नेपालका लागि बीवाईडी अटो ईन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बीवाईडी हाई–टेक विक २०२५ को शुभारम्भ गरेको छ । फेब्रुअरी २७ बाट प्रारम्भ भएको बीवाईडी हाई–टेक विक आगामी मार्च २ सम्म चल्ने छ । प्रत्येक दिन तीन फरक चरणमा विभिन्न क्रियाकलाप हुने कम्पनीले जनाएको छ ।



नेपालमा चिनियाँ दूतावासका कमर्सियल काउन्सिलर, बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका भाइस् जनरल म्यानेजर केत्सु झाङ, साइमेक्स इंकका चेयरम्यान अनिल श्रेष्ठ र म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठलगायतको उपस्थितिमा इभेन्टको शुभारम्भ गरिएको हो ।

इभेन्टको प्रमुख आकर्षणको रुपमा बीवाईडीका अत्याधुनिक सवारी साधन, याङवाङ यु ८, एफसीबी बाओ ५, डेन्जा जेडजीटी, डेन्जा डी ९ र बीवाईडी शार्क ६ सार्वजनिक गरिएको छ । जसले अटोमोटिभ टेक्नोलोजीमा नयाँ युगको प्रतिनिधित्व गर्छन् । इलेक्ट्रिक र हाइब्रिड सवारी उद्योगलाई पुनःपरिभाषित गर्नेगरी यी सवारी साधन अत्याधुनिक प्रगति झल्काउने सेफ्टी, पर्फमेन्स र इनोभेसनद्वारा सुसज्जित रहेको कम्पनीको दाबी छ ।

बीवाईडी हाई–टेक विकमा प्रदर्शन गरिएका प्रविधिहरू

इभेन्टमा लाइभ डेमोको सिरिज नै देख्न सकिन्छ, जसमा बीवाईडीका पछिल्ला मोडल उपलब्ध छन् र यी मोडल ईभी उद्योगकै प्रमुख प्रविधिद्वारा सुसज्जित छन् ।

ब्लेड ब्याट्री नेल पेनेट्रेसन टेस्ट

बीवाईडीको क्रान्तिकारी ब्लेड ब्याट्रीको प्रदर्शन गरिएको छ, जुन सुरक्षा र स्थायित्वका लागि अतुलनीय छ । ब्याट्री सुरक्षाका लागि बीवाईडीको प्रतिबद्धता झल्काउने गरी यसले थर्मल रनवेमा आफ्नो क्षमता देखाएको छ ।

ई–प्लेटफर्म ३.० को प्रस्तुति

बीवाईडीको एड्भान्स्ड ई–प्लेटफर्म ३.० प्रदर्शन गरिएको छ, जुन अप्टिमाइज गरिएको ब्याट्री क्षमता, बढी क्षमताको पावर आउटपुट र इन्टेलिजेन्ट इनर्जी म्यानेजमेन्टसहित उपलब्ध छ ।

डेन्जा जेड ९ जीटी कम्पास टर्न र एक्स्ट्रिम टर्न प्रदर्शन

सानो स्थानमा पनि सहज तरिकाले चल्न सक्ने कम्पास टर्न फिचर यसमा देख्न सकिन्छ । त्यसैगरी सहज र सरल तरिकाले गर्न सकिने अटोमेटिक पार्किङ देख्न सकिन्छ ।

एफसीबी बाओ ५ स्पिड बम्प र सस्पेन्सन टेस्ट

जस्तोसुकै सतह वा टेरेनमा पनि सुपेरियर राइड कम्फर्ट र स्टेबिलिटी पाउन सकिने बीवाईडीको इन्टेलिजेन्ट सस्पेन्सन सिस्टम यसले देखाएको छ ।

याङवाङ यु८ प्लेटफर्म र डिसस–पी

यसमा क्रान्तिकारी लाग्ने ट्यांक टर्न फिचर पाउन सकिन्छ, जुन e4 प्लेटफर्मबाट संचालित हुन्छ । यसले सुपेरियर अफरोड पर्फमेन्सका लागि ह्विल कन्ट्रोल सुविधा उपलब्ध गराउँछ ।

त्यसैगरी डिसस पी इन्टेलिजेन्ट च्यासिस कन्ट्रोल सिस्टम प्रदर्शन गरिएको छ, जसले एक्स्ट्रिम कन्डिसनमा पनि स्टेबिलिटी र एडेप्टिबिलिटी उपलब्ध गराउछ ।

मोबिलिटीको भविष्यमा अग्रगामी बन्दै

अटोमोटिभ इनोभेसनमा अग्रगामी बन्ने र सस्टेनेबल मोबिलिटी सोलुसनलाई अगाडि बढाउने बीवाईडीको प्रतिबद्धतालाई बीवाईडी हाई–टेक विकले पुनःपुष्टि गर्ने एक प्लेटफर्मको रुपमा कार्य गर्ने कम्पनीको दाबी छ । यसमा शोकेस गरिएका प्रविधिले ब्याट्री सेफ्टी, इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम र नेक्स्ट–जेनेरेसन भेइकल कन्ट्रोल मेकानिजममा बीवाईडीको नेतृत्वलाई जोड दिन्छन् ।

हाल सम्मकै एड्भान्स्ड अटोमोटिभ टेक्नोलोजीलाई नेपालमा उपलब्ध गराउने भिजनको एक झलक बीवाईडी हाई–टेक विक भएको साइमेक्स इंकका चेयरम्यान अनिल श्रेष्ठले बताए । यसले अझै सुरक्षित, स्मार्ट र दिगो ड्राइभिङ अनुभवलाई सुनिश्चित गर्ने उनको विश्वास छ ।

बीवाईडी हाई–टेक विक २०२५ को टिकट इसेवामा उपलब्ध छ । विद्यार्थीलाई परिचय पत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार