काठमाडौंमा कहाँ-कहाँ काटिँदैछ बिजुली ?-Sutra News

काठमाडौंमा कहाँ-कहाँ काटिँदैछ बिजुली ?

शुक्रबार, १६ फाल्गुन २०८१

शुक्रबार, १६ फाल्गुन २०८१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ ।



प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको लाजिम्पाट फिडरमा पर्ने लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा बिजुली काटिने छ ।

आज बिहान १० देखि दिउँसो ३ बजेसम्म लाइन काटिने सूचनामा उल्लेख छ । सो स्थानमा भूमिगत प्रसारण लाइनको केवल परीक्षण एवं चार्ज गर्ने प्रयोजनका लागि लाइन काटिन लागेको प्राधिकरणले जनाएको छ ।

तोकिएको कार्य समयअगावै पूरा भएमा निर्धारित अवधिअगावै बिजुली प्रवाह हुने उल्लेख गर्दै प्राधिकरणले ग्राहकमा पर्न गएको असुविधाप्रति क्षमासमेत मागेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार