एकैदिन २२ सय रूपैयाँले घट्यो सुनको भाउ-Sutra News

एकैदिन २२ सय रूपैयाँले घट्यो सुनको भाउ

शुक्रबार, १६ फाल्गुन २०८१

शुक्रबार, १६ फाल्गुन २०८१

काठमाडाैं । स्थानीय बजारमा साताकाे अन्तिम काराेबार दिन (शुक्रबार) सुन–चाँदीको मूल्य उच्च गिरावट आएकाे छ । बिहीबारकाे तुलनामा आज सुनकाे मूल्य प्रतिताेला २२ सय रूपैयाँले घटेकाे हाे ।



नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज सुनकाे मूल्य प्रतितोला १ लाख ६८ हजार १ सय रूपैयाँ कायम भएकाे छ । यसअघि बिहीबार सुनकाे मूल्य प्रतितोला १ लाख ७० हजार ३ सय रूपैयाँ थियाे ।

सुनकाे मूल्य घट्दा शुक्रबार चाँदीको मूल्यमा पनि गिरावट आएकाे छ । महासंघले जनाएअनुसार बिहीबारकाे तुलनामा चाँदीकाे मूल्य प्रतितोला ३० रूपैयाँले घटेको हो।

मूल्य घटेसँगै शुक्रबार चाँदीकाे मूल्य प्रतितोला १ हजार ९ सय १५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २८ सय ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट