उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकअघि देउवाले बोलाए पार्टी बैठक-Sutra News

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकअघि देउवाले बोलाए पार्टी बैठक

शुक्रबार, १६ फाल्गुन २०८१

शुक्रबार, १६ फाल्गुन २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बोलाएका छन् । उनले आफ्नै निवास बुढानीलकण्ठमा अपरान्ह ४ बजेका बैठक बोलाएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।



बैठकमा संसदमा पेश भएकाबारे छलफल हुने उनले जनाए । सँगै, कांग्रेस भातृ संस्थाहरुको अधिवेशनबारे पनि छलफल हुनेछ ।

कांग्रेसले चैत महिनाभित्र अधिवेशन गराउन भातृ संस्थाहरुलाई निर्देशन गरिसकेको छ ।

सँगै, बैठकमा सरकारले संसदमा पेश गरेका अध्यादेशबारे पनि छलफल हुने जनाइएको छ । राष्ट्रपतिबाट जारी भएका ६ अध्यादेश गत माघ १८ मा संसदमा दर्ता भएपनि अहिलेसमम अलपत्र अवस्थामा छ । विशेषगरी राष्ट्रियसभामा के–कसरी बहुमत पुर्‍याउने भन्ने सकस सत्तारुढलाई देखिएको छ ।

नेपाली कांग्रेसभित्रै पनि अध्यादेशबारे फरक–फरक मत देखिएको छ । बैठकमार्फत देउवाले साझा मत बनाउने प्रयास थालेको जनाइएको छ ।

आज नै प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् । बैठक साँझ ५ बजे बस्ने गरी बोलाइएको नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जनाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट