

काठमाडाैं । परराष्ट्रमन्त्री आरजु राणा देउवा आएको कतार एयरवेजको जहाज कलकत्ता ‘डाइभर्ट’ भएको छ। जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि भारतको कलकत्ता डाइभर्ट भएको छ ।
शुक्रबार बिहानैदेखि नै काठमाडौंको मौसममा समस्या छ । मौसममा आएको फेरबदलका कारण कम भिजिबिलिटी भएपछि राणा आएको कतार एयरवेजको जहाज भारतको कलकत्ता डाइभर्ट गरिएको हो।
धेरै पटक प्रयास गर्दा पनि अवतरण हुन नसकेपछि कतार एयरलाइन्सको जहाज कलकत्ता डाइभर्ट भएको विमानस्थल स्रोतले जानकारी दिएकाे छ ।
परराष्ट्रमन्त्री राणा स्विट्जरल्यान्डको जेनेभामा भएको राष्ट्रसंघको बैठकमा सहभागी भएर कतारको दोहा हुँदै नेपाल फर्किँदै थिइन्।
भिजिबिलिटी कम भएपछि नेपाल आएका अन्य जहाज पनि ‘डाइभर्ट’ भएका छन्।