

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं जिल्लाका अधिवेशन भएका वडा समितिका निर्वाचित पदाधिकारी एवं सदस्यहरूलाई सामूहिक शपथ गराइएकाे छ ।
शुक्रबार पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा भएको कार्यक्रममा काठमाडौंका ४१ वडाका २९५ निर्वाचित पदाधिकारी एवं सदस्यहरूले शपथ गराएकाे हाे ।
उनीहरूलाई काठमाडौं जिल्ला सभापति प्रदीप विष्टले सामूहिक शपथ ग्रहण गराएका थिए ।
काठमाडौं जिल्ला समितिको अग्रसतामा आयोजना भएको उक्त कार्यक्रममा पार्टीका कार्यबाहक सभापति डि पि अर्याल, पार्टीका कार्यबाहक सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी, प्रदेश सभापति अचुतम लामिछाने, जिल्ला सचिव स्वयम्बर खड्कालगायतले सम्बोधन गरेका थिए ।
नेताहरूले ८४ को निर्वाचनमा रास्वपालाई नम्बर १ पार्टी बनाउने गरी लाग्न निर्देशन दिएका छन् ।