मन्त्री दाहालद्धारा नुवाकोटमा दुई पक्की मोटरेबल पुल उद्घाटन-Sutra News

मन्त्री दाहालद्धारा नुवाकोटमा दुई पक्की मोटरेबल पुल उद्घाटन

शुक्रबार, १६ फाल्गुन २०८१

शुक्रबार, १६ फाल्गुन २०८१

काठमाडौं । भौतिक तथा यातायात मन्त्री देवेन्द्र दाहालले नुवाकोटको विदुर नगरपालिकामा निर्माण भएको दुई पक्की मोटरेबल पुलको उद्घाटन गरेका छन् ।



शुक्रबार आयोजित छुट्टाछुट्टै कार्यक्रमकाबीच मन्त्री दाहालले नगरपालिकाको वडा नम्बर ४ र १२ जोड्ने सिमचौरस्थित पुलको उद्घाटन गरेका हुन् । यसैगरी मन्त्री दाहालले ढुंगे र त्रिशुलि बजार जोड्ने अर्को नयाँ पुलको उद्घाटन गरेका हुन् ।

त्रिशूली नदीमा निर्माण गरिएका दुवै पक्की पुलको उद्घाटनपछि त्रिशूलीमा आयोजित कार्यक्रममा मन्त्री दाहालले योजना माग गर्ने चरणमा पनि प्राथमिकताका आधारमा गर्नुपर्ने बताए ।

सिमचौरमा निर्माण भएको एक सय मिटर लम्बाई भएको पुलको लागत १० करोड ९६ लाख रुपैंयाँ रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिए । यसैगरी ६० मिटर लम्बाई भएको त्रिशूलीको पुलको लागत ७ करोड ९९ लाख रुपैँया रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट