

काठमाडौं । हाल सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी क्षेत्रमा साधारणतयादेखि अधिकांश बदली रही देशका बाँकी स्थानमा आंशिक बदली छ। अनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार राति यस्तो छ वर्षा र हिमपात हुने सम्भावना:
कोसी प्रदेश: राति हिमाली क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रही थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाका साथै हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना छ। पहाडी क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रही थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ।
मधेस प्रदेश: राति तराई क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ।
बागमती प्रदेश: राति हिमाली क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रही थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाका साथै हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रही थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ।
गण्डकी प्रदेश: राति हिमाली क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ।
लुम्बिनी प्रदेश: राति पहाडी क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रही थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
कर्णाली प्रदेश: राति हिमाली क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
सुदूरपश्चिम प्रदेश: राति हिमाली क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रमा साधारणतयादेखि मुख्यतया बदली रही थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
मौसम महाशाखाले आगामी २४ घण्टा (शनिबार साँझ ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।