

काठमाडौं । आज विक्रम संवत २०८१ साल फाल्गुन १७ गते, शनिबार । ईश्वी सन् २०२५ मार्च १ तारिख । नेपाल संवत् ११४५ । फाल्गुन शुक्लपक्ष । तिथि–द्धितीया, ५१ घडी १५ पला, रातको ३ बजेर १ मिनेट उप्रान्त तृतीया । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३१ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ३ मिनेट । दिनमान २८ घडी ५२ पला ।
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) काम गर्दा विशेष ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुने योग रहेकोछ । स्वास्थ्यमा समस्या आउने तथा आफन्तहरु टाडिनेछन् । र, पनि काम वा अध्ययनको शिलशिलामा लामो दुरीको यात्रा हुने योग रहेकोछ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर श्रम गर्नेहरुका लागि आजको दिन फलदायी रहनेछ । अध्ययन वा कामबाट विश्राम पाइनने तथा परिवारका साथ यात्रामा निस्कन सकिनेछ ।
बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) माया प्रेममा सामिप्यता बढ्ने तथा पति पत्नीबीचको सम्बन्धमा सुधार भएर जानेछ । दाजुभाइले तपाईंको काममा आर्थिक सहयोग गर्ने हुनाले मन प्रसन्न रहनेछ । ईच्छा तथा मनोकामनाहरु पुरा हुनेछन् । दिगो काम गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । व्यापार व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । घुमघाम, खानपान तथा मनोरञ्जनमा समय व्यतित हुनेछ ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) चुनौतिहरुलाई किनारा लगाउदै कामहरु बनाउन सकिनेछ भने राम्रा कामगर्दा समाजमा स्थापित हुन सकिनेछ । व्यवसाय फस्टाएर जाने तथा व्यवसायिक यात्रा हुनेछ । अध्ययनमा समय दिई आफ्नो विद्यालाई निखार्न सकिनेछ । आटेका तथा चाहेका कामहरु गर्न सकिने तथा साथीभाइको राम्रो सहयोग प्राप्त गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने घर परिवारमा तपाईंको कामदेखि सबै प्रशन्न हुनेछन् ।
कर्कट (हि,हु,हे,हो,डा,डी,डु,डे,डो) समय राम्रो रहेकाले व्यापारबाट मनग्गे धन आर्जन हुनेछ । सानो प्रयत्नले राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । पुराना मित्रसँग भेट हुने तथा मनोरञ्जन र खानपानमा समय व्यतित हुनेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । बौद्धिक कार्यमा सहभागि भई उच्च स्तरको प्रस्तुति दिन पाउन मन प्रशन्न हुनेछ ।
सिंह ( मा,मि,मु,मे,मो,टा,टि,टु,टे) अरुकै काममा समय बित्ने हुँदा पढाइ लेखाइ प्रभावित हुनेछ । व्यापापार व्यवसाय खस्केर जाने हुनाले तत्कालका लागि कुनै योजना बनाएर लगानी गर्ने सोच पुरा नहुनसक्छ। ऋण, रोग तथा शत्रुको सामना गर्नुपर्दा दैनिक कामहरु प्रभावित हुनेछन् । प्रेम सम्बन्धमा मनमुटावको अवस्था सिर्जना हुनेछ भने पति पत्नीबीच अविश्वास पैदा हुन सक्छ, ध्यान दिनुहोला । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ–नयाँ काम गर्ने जोस जागर बढेर आउनेछ । रमाइलो यात्रा तय हुने तथा व्यापारबाट मनग्गे नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अघि बढ्न सकिनेछ । माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यतित गर्दा खुशी भएको महशुस गर्नेछन् । व्यापारकै शिलशिलामा यात्रा हुने योग रहेकोछ ।
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) माया प्रेम तथा पारिवारिक जीवन सन्तोषप्रद हुनेछ । विद्या वुद्धिको प्रयोगमार्फत मनग्गे आम्दानी गर्न सकिनेछ । प्रतिस्पर्धा तथा यस्तै क्रियाकलापमा भाग लिई नाम कमाउन सकिनेछ । पुराना ऋण चुक्ता गर्न सकिनेछ भने पुराना रोगहरु केहि भए स्वत ठीक हुनेछ । व्यापार विस्तार गरि मनग्गे आर्थिक लाभ लिन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरि आफ्ना भनाइहरु जनमानसमा लैजान सकिनेछ ।
बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) समय राम्रो रहेकाले थोरै समयमा उपलब्धिमूलक कामहरु बन्नेछन् । प्रयत्न गर्दा आटेका तथा चाहेका कामहरु बन्ने हुनाले आर्थिक अवस्था उत्तम हुनेछ । चिट्ठा पर्ने तथा नसोचेका धन सम्पत्ति हातलागी हुनेछ । काम वा अध्ययनको सन्दर्भमा लामो दुरीको यात्रा हुनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ । वंश वृद्धिको योग रहेकोछ भने सन्तान तथा आफन्तको सहयोग पाउदा मन प्रशन्न हुनेछ ।
धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) आफुले प्रयोग गर्ने सवारी साधन प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । घर जग्गा तथा माटोसँग सम्बन्धित कामबाट केही मात्रामा लाभ लिन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई आधुनिकीकरण गरी मनग्गे लाभ लिन सकिनेछ । आमा वा आफन्तसँग टाडिएर टाडाको यात्रा हुँदा मन खिन्न हुनेछ । माया प्रेममा सामान्य मनमुटावको सिर्जना नहोला भन्न, सकिन्न ।
मकर (भो,जा,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) वनभोज तथा यस्तै समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । छोटो दुरीको परिणाममूखि यात्राको तय हुनेछ भने खेलकुद तथा अन्य क्रियाकलापमा समय दिनेहरुले राम्रो सफलता प्राप्त गर्न सक्नेछन् । उद्योग तथा व्यापार व्यवसायमा लगानी बढाई भनेजस्तो नाफा कमाउन सकिनेछ । माया प्रेममाको गाँठो कसिलो हुनुको साथै दाम्पत्य जीवनमा खुसियाली छाउनेछ । पराक्रम बढेर जानेछ भने दाजुभाई तथा अन्य ईष्टमित्रबाट सहयोग हुने हुँदा मन खुशी रहनेछ । छोटो दुरीको यात्रा तय हुनेछ ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) बोलीबचनमा मीठास आउने तथा बोलेरै धेरै कामहरु गर्न सकिनेछ । गीत संगीत तथा यस्तै क्षेत्रमा समय खर्चदै हुनुहुन्छ भने प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ । धन तथा भौतिक सम्पत्ति राम्रोसँग परिचालन गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेममा आत्मियता बढ्नेछ भने पारिवारिक माहोलमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । भोजनसँग सम्बन्धित व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) नयाँ प्रविधिको प्रयोग गरी व्यापारलाई विस्तार गर्न सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने मेहनेतले गन्तव्य पहिल्याउन सहज हुनेछ । प्रेममा एक अर्कालाई बुझ्ने अवसर प्राप्त हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले समयको सुक्ष्म व्यवस्थापन गर्न सके मानसम्मान तथा प्रतिष्ठा कमाउने समय रहेकोछ । खानपान, मनोरञ्जन तथा घुमफिरमा समय व्यतित हुनेछ ।