महाकुम्भ गएका तीन नेपाली सम्पर्कविहीन-Sutra News

महाकुम्भ गएका तीन नेपाली सम्पर्कविहीन

शनिबार, १७ फाल्गुन २०८१

शनिबार, १७ फाल्गुन २०८१

काठमाडौं । महाकुम्भ स्नानका लागि भारत गएका सप्तरीका तीन जना सम्पर्कविहीन भएका छन् । महाकुम्भ स्नानका लागि भारत गएका सप्तरीका दिदीभाई सम्पर्कविहीन भएको सात दिन भइसकेको छ ।



सप्तरीको महादेवा गाउँपालिका वडा नं–६ ढिकुलीका वर्ष ६५ का उमाकान्त झा र उनका ६८ वर्षीया दिदी इन्दिरादेवी झा फागुन ११ गतेदेखि काशी विश्वनाथबाट सम्पर्कविहीन भएको उमाकान्त झाका छोरा दुर्गानन्द झाले जानकारी दिए ।

महदेवा गाउँपालिका मंसापुरबाट आमाबुबा, फुपूसहित ३५ जनाको समूहमा गत शनिबार महाकुम्भ स्नानका लागि भारत तर्फ गएका थिए । आइतबार काशी विश्वनाथको दर्शनका लागि लाइनमा लागेको बेला लाइनबाटै उनीहरु सम्पर्कविहीन भएका हुन् ।

सम्पर्कविही व्यक्तिहरुलाई उनीहरुसँग गएका साथीहरुले खोजी गरेपनि कुनै पत्ता नलागेपछि उनीहरू महाकुम्भस्नान गरेर फर्किसकेका छन् ।

यसअघि राजविराज नगरपालिका वडा नम्बर ७ हटियाका वीरेन्द्रकुमार साहका २० वर्षीया छोरी रोशनी कुमारी साह भारतको उत्तरप्रदेशको अयोध्याको राममन्दिरबाट सम्पर्कविहीन भएको १४ दिन बितिसक्दा समेत फेला पर्न सकेका छैनन् ।

परिवारकासहित महाकुम्भ स्नानका लागि फागुन ३ गते राममन्दिर दर्शन गरेर फर्किदै गर्दा रोशनी सम्पर्कविहीन भएका थिए ।

परिवारले अयोध्यामा बसेर निरन्तर खोजी गरिरहँदा समेत सम्पर्क हुन सकेको छैन । छोरीको खोजका लागि परिवारले सबै पक्षसँग आग्रह गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार