

काठमाडौं । रुपन्देहीमा आज शनिबार गोली हानेर युवकको हत्या गरिएकाे छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार जिल्लाको मायादेवी गाउँपालिका-२ का २९ वर्षीय राकेशसिंह लोधलाई गोली हानेर मारिएको हो।
लोध आज बिहान घरको बरन्डामा रगताम्मे अवस्थामा भेटिएका थिए।
घटनापछि मृतकका दाजु फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।