नेप्सेमा ७१.३० अंकको वृद्धि-Sutra News

नेप्सेमा ७१.३० अंकको वृद्धि

शनिबार, १७ फाल्गुन २०८१

शनिबार, १७ फाल्गुन २०८१

काठमाडौं । यस साता नेप्से परिसूचक ७१.३० अंक अर्थात् २.६ प्रतिशतले बढेर २८१५को विन्दुमा पुगेको छ। यस हप्ता सेयर बजार चार दिन खुलेका थियो । गत साता २७४३ बिन्दुमा भएको बजार यो साता ७१.३०अंक अर्थात् २.६ प्रतिशतले बढेर २८१५को विन्दुमा पुगेको छ।



साताको पहिलो दिन आइतबार नेप्से ११.६६ अंकले बढ्यो, सोमबार ३.३५ अंकले बढ्यो, मंगलबार ७.१३ अंकले बढ्यो र बिहीबार ४९.१५अंकले बढ्यो । यस साता चार कारोबार दिनमध्ये चार वटै कारोबार दिन नेप्से बढेको थियो ।

यो साता औसत दैनिक १० अर्ब ९७ करोडको कारोबार भयो । आइतबार ११ अर्ब ५४ करोड बराबरको कारोबार भयो । सोमबार ११ अर्ब ८ करोड, मंगलबार ९ अर्ब ९० करोड र बिहीबार ११ अर्ब ३९ करोडको कारोबार भएको थियो ।

साताको पहिलो कारोबार दिन नेप्से ११.६६ अंकले बढेर २७५५.४० को विन्दुमा कायम भएको थियो। त्यस दिन नेप्सेमा कारोबार भएको ३२८ कम्पनीको २ करोड १२ लाख ६ हजार ५ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार रुपैयाँको कारोबार भएको थियो ।

साताको दोस्रो कारोबार दिन नेप्से ३.३५ अंकले बढेर २७५८.७५ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१० कम्पनीको २ करोड ११ लाख १० हजार ६१९ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ८ करोड ५४ लाख ६४ हजार रुपैयाँको कारोबार भएको थियो ।

साताको तेस्रो कारोबार दिन नेप्से ७.१३ अंकले बढेर २७६५.८८ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१२ कम्पनीको १ करोड ७८ लाख ६५ हजार ७०३ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ९० करोड ९३ लाख ८६ हजार रुपैयाँको कारोबार भएको थियो ।

साताको अन्तिम कारोबार दिन नेप्से ४९.१५ अंकले बढेर २८१५.०४ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३०० कम्पनीको २ करोड ६१ लाख ९९ हजार ७८० कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ३९ करोड २४ लाख १ हजार रुपैयाँको कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट