तिव्र उतारचढावपछि सुनचाँदीको मूल्य स्थिर-Sutra News

तिव्र उतारचढावपछि सुनचाँदीको मूल्य स्थिर

आइतबार, १८ फाल्गुन २०८१

आइतबार, १८ फाल्गुन २०८१

काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार) सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार शुक्रबारकै मूल्यअनुसार आज सुनचाँदीको कारोबार भइरहेको छ ।



महासंघले जनाएअनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँमा किनबेच भइरहेको छ भने चाँदी प्रतितोला १ हजार ९१५ रुपैयाँमा किनबेच भइरहेको छ ।

तिव्र उतारचढावका बिच गत फागुन १३ मा सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको थियो । जुन हालसम्मकै उच्च मूल्य हो । तर, त्यसयता भने सुनको मूल्यमा निरन्तर गिरावट आइरहेको छ ।

आइतबारसम्मको मूल्यअनुसार पछिल्लो पाँच कारोबार दिनमै सुनको मूल्यमा ३ हजार २ सय रुपैयाँले घटेको छ ।

यसैगरी, चाँदीको मूल्य पनि निरन्तरजसो नै ओरालोमा छ । फागुन १३ मा प्रतितोला १ हजार ९७० रुपैयाँमा किनबेच भएको चाँदीको मूल्य आइतबारसम्म ५५ रुपैयाँले घटेको छ ।

आज अन्तराष्ट्रिय बजारमा भने सुनको मूल्य प्रति औंश २८५७.९३ डलरमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट