प्रिसेसनमै सेयर बजारमा उत्साह, कस्तो रहला आजको कारोबार ?-Sutra News

प्रिसेसनमै सेयर बजारमा उत्साह, कस्तो रहला आजको कारोबार ?

आइतबार, १८ फाल्गुन २०८१

आइतबार, १८ फाल्गुन २०८१

काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार)को प्रिओपन सेसनमै सेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार १४.०८ अंकले बढ्दै सेयर बजार २८२९.१२ को बिन्दुमा उक्लिएको छ ।



यो सेसनमा सूचकसँगै कारोबार रकम पनि उत्साहपूर्ण रह्यो । १ लाख ३० हजार ८ सय कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९ करोड ५४ लाख ४९ हजार रुपैयाँको भयो ।

विशेषगरी यो सेसनमा बैंकिङ समूह उच्च अंकले बढेको छ । कारोबारमा आएका अधिंकाश कम्पनीमा बैंकिङ र हाइड्रो परेका छन् ।

यो सेसनमा कारोबारमा आएका ५५ कम्पनीको मूल्य बढ्दा २४ को मूल्य घटेको छ भने ५ को मूल्य स्थिर रहेको छ ।

यसअघि गत साताको अन्तिम कारोबार दिन (बिहीबार) सेयर बजार ४९.१५ अंकले बढ्दै २८१५.०४ को बिन्दुमा उक्लिएको थियो । उक्त दिन कारोबार रकम पनि ११ अर्ब ३९ करोड २४ लाख रुपैयाँ माथि भएको थियो ।

आइतबारको प्रिसेसनको कारोबारले बजार थप उत्साहपूर्णरुपले बढ्ने संकेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट