आफ्नो मूल्यांकन गरेर प्रधानमन्त्री पद छाड्न ओलीलाई प्रचण्डको सुझाव-Sutra News

आफ्नो मूल्यांकन गरेर प्रधानमन्त्री पद छाड्न ओलीलाई प्रचण्डको सुझाव

आइतबार, १८ फाल्गुन २०८१

आइतबार, १८ फाल्गुन २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो मूल्यांकन गरेर राजीनामा दिन सुझाव दिएका छन् ।



आइतवार धनुषामा जनतासँग माओवादी तराई(मधेस जागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारको काम कारबाहीमा सरकार सञ्चालन गरे यता प्रधानमन्त्री ओलीले उत्तिर्णाङ्क समेत नल्याउनुभएको भन्दै राजीनामा दिन आग्रह गरेहका हुन् ।

मन्त्रीपरिषद्को कार्य सम्पादनमा प्रधानमन्त्री ओलीले २८ प्रतिशत मात्रै ल्याएको उल्लेख गर्दै अनुत्तिर्ण भएपछि पनि किन पदमा बसिरहनुभएको ? भन्दै प्रश्न गरे । शिक्षक, कर्मचारीलाई गाली गर्न छोडेर स्वमूल्यांकन गरेर प्रधानमन्त्री छोड्न उनको सुझाव छ ।

उनले भने, ‘अहिलेको सरकारले के भन्छन् त तपाईंले प्रधानमन्त्रीको कुरा सुन्नुभयो होला । ४८ प्रतिशत मात्रै पास गराउने टिचरलाई केको सुविधा भनेर उनले अझ मास्टरलाई गाली गरे । राज्यले उचित बजेट दिनुछैन । व्यवस्थापन गर्नुछैन । अझ शिक्षकलाई गाली गर्नेतिर प्रधानमन्त्रीको बुद्धि छ । कर्मचारीलाई गाली गर्नेतिर छ बुद्धि । म के भन्न चाहन्छु भने प्रधानमन्त्रीजी तपाईंको क्याबिनेटको कार्य सम्पादन मूल्यांकनमा तपाईं २८ प्रतिशतमा पर्नुभएको छ । तपाईं त फेल नै हुनुभएको छ । किन बसिराखेको प्रधानमन्त्रीमा ? तपाईंले शिक्षकलाई गाली गर्न मिल्छ । तपाईंका मन्त्रीहरुको कोहीको १८, कसैको २१ प्रतिशत छ । तपाईंको २८ छ । यु आर फेल । त्यसकारण प्रधानमन्त्रीजी तपाईं शिक्षकलाई गाली गर्न छोडिदिनुस् । आफ्नो मूल्यांकन गरेर प्रधानमन्त्री छोड्नु उचित हुन्छ तपाईंले । होइन भने जनताले तपाईंको नौटंकि हेरिरहेका छन् ।’

अध्यक्ष दाहालले नेपाली नागरिकमाथि वर्तमान सरकारले केही महिनाभित्रै ३ खर्ब ऋण बोकाएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट