

काठमाडौं । प्रभु बैंकले आजदेखि ३१२ औं शाखा कार्यालय सुदुरपश्चिम प्रदेशको दार्चुला जिल्ला महाकाली नगरपालिका–४ खलंगाबाट सञ्चालनमा ल्याएको छ ।
बैंकले शाखा सञ्जाल विस्तार गर्दै देशका विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरिरहेको छ । प्रभु बैंकको यो अभियानले देशैभर बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकरात्मक टेवा पुगेकोे बैंकले जनाएको छ ।
बैंकको दार्चुला शाखा कार्यालय सञ्चालनमा आए पश्चात् स्थानीय बासिन्दा, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् ।
प्रभु बैंकको दार्चुला शाखा सञ्चालनमा आएबाट यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको जनाएको छ । दार्चुला शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकको सेवा अब देशका ७७ वटै जिल्लामा बिस्तार भएको छ ।