टोखामा तीन राउन्ड गोली चलाएर प्रहरीले एक जनालाई लियो नियन्त्रणमा-Sutra News

टोखामा तीन राउन्ड गोली चलाएर प्रहरीले एक जनालाई लियो नियन्त्रणमा

आइतबार, १८ फाल्गुन २०८१

आइतबार, १८ फाल्गुन २०८१

काठमाडौं । काठमाडौंको टोखामा प्रहरीले गोली चलाएको छ । अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर एक जनालाई पक्राउ गरेको हो ।



प्रहरी स्रोतका अनुसार प्रहरीले तीन राउन्ड गोली चलाएको छ । एक राउन्ड गोली पक्राउ परेका व्यक्तिलाई लागेको छ । पक्राउ पर्नेमा गुड्डु पटेल रहेको प्रहरीले जनाएको छ ।

उनका अनुसार पटेललाई उपचारका लागि अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट