आजको राशिफल : यी हुन् आजका भाग्यमानी राशी-Sutra News

आजको राशिफल : यी हुन् आजका भाग्यमानी राशी

मंगलबार, २० फाल्गुन २०८१

मंगलबार, २० फाल्गुन २०८१

आज मिती २०८१ साल फाल्गुण महिनाको २० गते मंगलबार तदनुसार मार्च महीनाको ४ तारीख सन् २०२५, फाल्गुण शुक्ल पक्षको पंचमी तिथी, आज बिहान ६ बजेर २४ मिनेटमा काठमाण्डौ उपत्यकामा झुल्कीएको घाम साँझ ६ बजेर पाँच मिनेटमा अस्ताउने छ ।



मेष राशी: तपाईका लागि आजको दिन निकै राम्रो छ । कुनै महत्वपूर्ण काम रोकिएको छ भने दोहोऱ्याएर प्रयत्न गरे सफल हुने समय रहनुका साथै प्रेमको बन्धन कसिएला । धन कमाउने अवसरको योग रहेपनि खर्च भने केही बढ्ला । परिवारजनबाट खुशी मिल्नुका साथै नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ । व्यस्तता बढ्नुका साथै बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

बृष राशि: दिगो आम्दानी हुने काम सुरु गर्ने समय रहेकाले नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग नजिकिन सक्छन् । पछिका लागि फाइदा हुने काम प्रारम्भ गर्न सकिने तथा लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । आयबल बलियो हुनाका साथै बौद्धिकता र रचनात्मकता बढ्नेछ । आरोग्यपन पनि वृद्धि हुने तथा परिवारिक सुख बढ्नेछ ।

मीथुन राशि: कार्यगति बढ्नुका साथै प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने समय छ । मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्नुका साथै आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला, तर बलजफ्ती गर्दा काम बिग्रन सक्छ, हेक्का राख्नुहोला । सामान्य आम्दानी भइरहे पनि अर्थ अभावले सताउन सक्ने योग देखिन्छ ।

कर्कट राशि: अरूको विश्वास गर्दा धोका मिल्न सक्ने समय रहेकाले अप्ठ्यारा कामको बोझ थपिन सक्छ भने आश्वासन दिनेले नै झुक्याउन सक्छन् । व्यापारमा पनि खास उपलब्धि हासिल गर्न नसकिएला । इर्ष्या गर्नेहरूले काममा अवरोध खडा गर्न सक्ने हुनाले आफ्ना योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । धर्मकर्ममा आकर्षण बढ्नुका साथै आफ्नै बुद्धि–विवेकले परिस्थितिमा सुधार आउने छ ।

सिंह राशि: हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुने दिन रहेकाले प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सकिनेछ । बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिने हुनाले रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्ने समय छ । जोखिमप्रति भने सजग रहँदै दिर्घकालिन कामको सुरुवात गर्न आजको दिन निकै शुभदायी देखिन्छ ।

कन्या राशि: मेहनतले धेरै काम बनाउन सकिने समय रहेकाले बोलीको प्रभावले फाइदा उठाउन सकिनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । अवसरका लागि केही दौडधुप गर्नुपरे पनि रोकिएका कामहरू सुरु हुनेछन् । धेरैको भलाइ हुने काम गर्न सकिनेछ । आरोग्यता र सुख बढ्नुका साथै उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला राशी: आजको दिन केही चुनौतीयुक्त रहनुले पढाइलेखाइमा केही पछि परिने योग छ । प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्ने हुनाले आफ्ना योजनाको गोपनीयतामा ध्यान दिनुहोला । नातेदारहरुसंग मनमुटाव हुन सक्ने योग रहेकाले सावधान रहनुहोला । आर्थिक समस्याले पिर्ने र हातहतियार तथा सवारीसाधनको प्रयोगमा विशेष सजगता अपनाउनुपर्ने समय छ ।

बृश्चिक राशि: तपाईंको लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्ने भएपनि महत्वपूर्ण योजनाहरू गोप्य राख्न सक्दा आफ्नै प्रतिष्ठा वृद्धि हुनेछ । आजको दिन इर्ष्यालुजनबाट सावधान रहनु हितकर हुनाका साथै तपाईको विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ । प्रशंसकहरू बढेपनि नियमित कार्यमा केही परिश्रम परेपनि आरोग्यता वृद्धि हुनेछ ।

धनु राशि: व्यस्तता वृद्धि हुनाका साथै पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्ने समय छ । प्रेम र मित्रताको बन्धन कसिलो हुने तथा एकपछि अर्को अवसर प्राप्त हुनाले मन उत्साहित रहनेछ । तर आफन्तको विश्वास गर्दा समस्या उत्पन्न हुन सक्ने भएकाले सचेत रहनुहोला । यात्रामा सफलता हात पर्नेछ ।

मकर राशि: आजको समय निकै नै शुभदायी छ । नयाँ काम प्रारम्भ हुनाका साथै विभिन्न अवसरले पछ्याउनेछन् । काममा अभिप्रेरित गर्नेहरू भेटिनेछन् । रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइनुका साथै प्रशंसकहरू बढ्नेछन् भने तपाईको आरोग्यता रहनेछ ।

कुम्भ राशि: विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिने समय रहेकाले नसोचेको ठाउबाट धनमाल आर्जन हुने देखिन्छ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नुका साथै केही नोक्सानी भए पनि पछिसम्म फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । स्वास्थ्यप्रति भने विशेष सजगता अपनाउनु उचित हुनेछ । सार्वजनिक कार्यक्रममा आकर्षण जाग्नेछ ।

र, मिन राशि: आजको दिन आलोचकहरू बढ्नेछन् भने शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । तथापि, मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । तारिफयोग्य काम सम्पादन हुनाले थप अवसर जुटेपनि जथाभावी काममा हात नहाल्नु नै हितकर हुनेछ । आरोग्यता बढ्नुका साथै मिठो भोजन प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट