ट्रम्पले रोक लगाए युक्रेनलाई दिइरहेको सैन्य सहायता-Sutra News

ट्रम्पले रोक लगाए युक्रेनलाई दिइरहेको सैन्य सहायता

मंगलबार, २० फाल्गुन २०८१

मंगलबार, २० फाल्गुन २०८१

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई दिइरहेको सबै सैन्य सहायता अस्थायी रुपमा रोकेका छन् ।



युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग शुक्रबार ह्वाइट हाउसमा ट्रम्प र अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग भएको चर्काचर्कीको ७२ घण्टा नपुग्दै ट्रम्पले युक्रेनलाई दिइरहेको सहायता रोकेका हुन् ।

ट्रम्प सरकारका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै द न्यु योर्क टाइम्सले यो निर्णय तुरुन्तै लागू हुने र यसले युक्रेनलाई दिने प्रकृयामा रहेको एक अर्ब डलरभन्दा बढीको हतियारलाई प्रभाव पार्ने उल्लेख गरेको छ ।

ट्रम्पको यो आदेशले युक्रेनलाई दिइने दसौं करोड डलर पैसा पनि रोकिनेछ । युक्रेनले रूससँग शान्ति वार्ता गर्न प्रतिबद्धता देखाएको ट्रम्पले निर्धारण नगरिञ्जेल यो आदेश लागू हुने ती अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट