हृदयाघात भएका पूर्वयुवराज पारस शाहको अवस्था कस्तो छ ?-Sutra News

हृदयाघात भएका पूर्वयुवराज पारस शाहको अवस्था कस्तो छ ?

मंगलबार, २० फाल्गुन २०८१

मंगलबार, २० फाल्गुन २०८१

काठमाडौं । हृदयाघात भएपछि राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएको छ ।



उनको स्वास्थ्यमा सुधार भएकाले मंगलबारदेखि वार्डमा सारिएको अस्पताल स्रोतले जनाएको छ ।

पारसको डाक्टर यादव भट्ट नेतृत्वको टोलीले उपचार गरिरहेको छ । आइतबार राति हृदयाघात भएपछि शाहलाई सहयोगीले नर्भिक लगेका थिए । लगत्तै उनको मुटुमा स्टेन राखिएको थियो । त्यसयता आईसीयूमा राखेर उपचाररत उनलाई मंगलबार भने वार्डमा सारिएको हो ।

पारस शाहलाई हृदयाघात भएको यो चौथो पटक हो । यसअघि उनमा २०७५ माघ महिनामा हृदयाघात भएको थियो । त्यतिबेला पनि उनको नर्भिकमै उपचार भएको थियो । त्यसअघि पनि थाइल्यान्डमा रहँदा र अर्को एक पटक पनि हृदयाघात भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट