

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले २१ फागुनमा बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई निर्देशन जारी गरेको छ ।
बुधबारको संसद् बैठकमा सरकारले ल्याएका अध्यादेशहरू स्वीकृतिका लागि प्रस्तुत हुने भएकाले दुवै दलका प्रमुख सचेतकहरू श्याम घिमिरे र महेश बर्तौलाले एमएमएस गरेर सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि ह्विप जारी गरेका हुन् ।
‘फागुन २१ गते १ बजे बस्ने संसदको बैठकमा अध्यादेशहरू स्वीकृतिका लाागि प्रस्तुत हुनेहुँदा बैठकमा अनिवार्य उपस्थित भई अन्तिमसम्म रहन यो व्हिप जारी गरिन्छ,’ सांसदहरूलाई पठाइएको सन्देशमा उल्लेख छ ।
सरकारले भूमि सम्बन्धी बाहेकका ६ अध्यादेश पारित गर्नका लागि भोलि संसद्मा पेस गर्दैछ । जसपा नेपाल र लोसपाले भूमि अध्यादेशको विपक्षमा देखिएपछि सरकारले त्यसलाई रोकेर अन्यलाई पारित गर्न प्रक्रियामा लाने भएको छ ।