रेखा थापा बनिन् लिजेण्ड प्रोपर्टीको ब्रान्ड एम्बेस्डर-Sutra News

रेखा थापा बनिन् लिजेण्ड प्रोपर्टीको ब्रान्ड एम्बेस्डर

मंगलबार, २० फाल्गुन २०८१

मंगलबार, २० फाल्गुन २०८१

काठमाडौं। लिजेण्ड प्रोपर्टीले ब्रान्ड एम्बेस्डरमा नायिका रेखा थापालाई नियुक्त गरेको छ। काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा जग्गा विकास आयोजना गरी बिक्रि वितरण गर्दै आएको लिजेण्डले ब्राण्ड एम्बेस्डरको रुपमा थापालाई नियुक्त गरेको हो।



नेपाली फिल्म क्षेत्रमा एकछत्र राज गर्दै आएकी नायिका थापालाई ब्राण्ड एम्बेस्डरको रुपमा भित्र्याएर ग्राहक माझ पुग्नलाई बलियो आधार बन्न सक्ने विश्वास लिइएको लिजेण्ड प्रोपर्टीका उपाध्यक्ष पुर्णबहादुर लिम्बुले बताए।

‘अहिलेको अवस्थामा जुनढंगले सबैको विश्वास जित्दै अघि बढिरहेका छौं, यसले हामीलाई हौसला प्राप्त हुँदै गएको छ’ उपाध्यक्ष लिम्बुले भने ‘नायिका थापाको साथले हाम्रा आयोजनाहरुलाई ग्राहक समक्ष पुर्याउन थप मद्धत पुग्नेमा विश्वस्त छौं।’

नायिका थापाले सरकारले बनाएको स्मार्ट सिटीको धारणालाई लिजेण्ड प्रोपर्टीले पुरा गरिरहेको भन्दै खुसी व्यक्त गरिन्। ‘पछिल्लो समय अस्तव्यस्त रुपमा विस्तार भइरहेको सहरीकरणको कारण सहरको स्वरुपनै कुरुप मात्र भएको छैन जोखिम समेत बढिरहेको छ,’ नायिका थापाले भनिन् ‘यस्तो बेलामा लिजेण्डले व्यवस्थित सहर निर्माण गरी सहरमा सबैको घर भन्ने सपनालाई पुरा गरिरहेको छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट