नयाँ वर्षबाट सातै प्रदेशमा सवारी चालक अनुमतिपत्र छपाइ हुने-Sutra News

नयाँ वर्षबाट सातै प्रदेशमा सवारी चालक अनुमतिपत्र छपाइ हुने

मंगलबार, २० फाल्गुन २०८१

मंगलबार, २० फाल्गुन २०८१

काठमाडौं । आगामी वैशाखदेखि सबै प्रदेशबाट सवारी चालक अनुमतिपत्रको छपाइ हुने भएको छ । मंगलबार सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सबै प्रदेशका यातायातमन्त्रीसहितको विषयगत बैठकले यस्तो निर्णय गरेको हो ।



बैठकले यातायात व्यवस्था विभागबाट हालसम्म छपाइ गर्न बाँकी सवारी चालक अनुमतिपत्रको छपाइ गर्ने र ०८२ वैशाख १ गतेदेखि साउन १ गतेसम्म सबै प्रदेशले स्वीकृत ढाँचाबमोजिम सवारी चालक अनुमतिपत्रको छपाइ कार्य प्रारम्भ गर्ने निर्णय गरेको हो ।

त्यस्तै, बैठकले सवारीसाधनको दर्ता र नामसारी गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने व्यवस्थाका लागि प्रदेश सरकारबाट मातहतका कार्यालयलाई आवश्यक निर्देशन दिने र विभागले आवश्यक जनशक्तिको व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट