

आज मिती २०८१ साल फाल्गुण महिनाको २१ गते बुधबार तदनुसार मार्च महीनाको ५ तारीख सन् २०२५, फाल्गुण शुक्ल पक्षको षष्ठी तिथी, आज बिहान ६ बजेर २३ मिनेटमा काठमाण्डौ उपत्यकामा झुल्कीएको घाम साँझ ६ बजेर ६ मिनेटमा अस्ताउने छ ।
मेष राशी: इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुने र प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय रहेकाले पुरानो सफलताले पनि हौसला जगाउनेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्ने हुनाले आजको दिन रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । यात्रामा सफलता प्राप्त हुनाका साथै अनुकूलता वृद्धि हुनेछ ।
बृष राशि: तपाईका लागि आजको दिन राम्रो रहेकाले प्रतिभाले फाइदा दिलाउनेछ । नयाँ कामको प्रस्ताव आउने तथा सहयोगीहरू प्रशस्तै भेटिनेछन् । अध्ययनमा राम्रो प्रगति हुनाका साथै हिम्मत गर्न सके मनग्य धन आर्जन हुने योग छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनाका साथै आयबल बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नुका साथै उत्साह बढ्नेछ ।
मीथुन राशि: कर्मबल बढ्नुका साथै रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । मनको डर उत्साहमा रूपान्तरित हुने समय रहेकाले टाढाको यात्रा पनि हुन सक्छ । विभिन्न सहयोग र उपहार प्राप्त हुनाका साथै आयआर्जन पनि राम्रै हुनेछ । परिवारजनसँग आत्मीयता बढ्नुका साथै बौद्धिकता र रचनात्मकता बढ्नेछ ।
कर्कट राशि: आजको दिन हिम्मतले काम बनाउन सकिने हुनाले केही खर्च लागेपनि सोचेको काम बन्ने योग छ । व्यवसायमा थप लगानी बढाउन सकिने हुनाले मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनाका साथै धर्मकर्ममा आकर्षण बढ्नेछ । आरोग्यता रहनुका साथै शत्रुमाथि विजय प्राप्त हुनेछ ।
सिंह राशि: आजको दिन त्यति अनुकुलको नहुन सक्ने हुनाले दौडधुप बढ्नेछ । अनावश्यक दौडधुपमा समय बित्ने योग रहेकाले आजको दिन योजनाहरू गोप्य राख्नु आवश्यक देखिन्छ । आर्थिक कारोबारमा सजगता अपनाउनु हितकर होला । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्ने भएपनि सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नुका साथै बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या राशि: दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने अवसर जुर्न सक्ने हुनाले प्रेम र मित्रताको गाँठो कसिने समय छ । तार्किक क्षमताले सम्मान दिलाउनुका साथै लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ । साझेदारीको व्यसायमा फाइदा हुनाका साथै आरोग्यता वृद्धि हुनेछ । समस्याको समाधान मिल्ने तथा आफन्तको साथ प्राप्त हुने योग रहेको छ ।
तुला राशी: आजको दिन शुभता वृद्धि हुनाका साथै काम देखाएर विशेष उपलब्धि हात पार्न सकिने समय छ । व्यापार ब्यवसायमा फाइदा हुनाका साथै आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । मिठो भोजन प्राप्त हुनाका साथै साहसिक काममा आकर्षण बढ्नेछ ।
बृश्चिक राशि: पहिलेका कर्मको प्रतिफल पाइनुका साथै कामको चापबाट पनि फुर्सद पाइनेछ । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्ने हुनाले प्रतिस्पर्धीहरूबाट विशेष सजग रहनुहोला । खर्च बढ्नुका साथै आर्थिक अभाव समेत देखापर्ने योग छ । यसका बाबजुद प्रेमभाव बढ्नेछ । सफलताको लागि योजना र बजेट बनाएरमात्र कार्य गर्नु बेस होला ।
धनु राशि: व्यस्तता बढ्नुका साथै विचारको आकर्षणले प्रशंसकहरू बढ्नेछन् । बोली र व्यक्तित्वको प्रभाव पार्ने दिन भएपनि अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि विजय तपाईंकै होला । मिठो भोजन प्राप्त हुनाका साथै आफन्तको सहयोग पाइनेछ ।
मकर राशि: उत्साहजनक समाचारले मन प्रशन्न हुने समय रहेकाले गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । सन्तानका माध्यमबाट पनि काम बन्ने सम्भावना हुनाले विभिन्न भौतिक साधनहरू जुट्नाले प्रशन्नता मिल्नेछ । कर्मबल बढ्नुका साथै नियमकानूनले साथ दिनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।
कुम्भ राशि: शुभता बढ्नुका साथै विभिन्न अवसरले पछ्याउने समय छ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका मिल्ला । सहयोगीहरूले विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएपनि व्यापारमा राम्रै फाइदा हुनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा महत्वपूर्ण सफलता मिल्नेछ ।
र, मिन राशि: पुरानो समस्याले केही झमेला आइलाग्न सक्ने भएकाले दाम्पत्यमा शंका र असमझदारी बढ्ने योग रहेकोले सचेत रहनु हितकर हुनेछ । परिस्थितिअनुसार चल्न नसक्दा दुःख पाइएला । काम बिग्रने डरले सताइरहे पनि आफन्तको साथ भने मिल्नेछ । साझेदारीको काम बन्ने योग रहेको छ ।