

काठमाडाैं । युरोपेली देश सर्बियाको संसदमा मंगलबार विपक्षी सांसदहरूले धुवाँ ग्रिनेड प्रहार गरेका छन् । सरकारको नीतिको विरोधमा र आन्दोलनरत विद्यार्थीको समर्थनमा प्रतिपक्षले यस्ताे गरेका हुन् ।
सर्बियाई प्रोग्रेसिभ पार्टीको नेतृत्वमा रहेको सत्तारुढ गठबन्धनले अधिवेशनको एजेण्डा स्वीकृत गरेलगत्तै केही विपक्षी नेता आ–आफ्ना कुर्सीबाट उठेर सभामुखको कुर्सीतर्फ दौडे ।
उनीहरूले सदनमा धुवाँ ग्रिनेड हाने, जसले सदन कालो धुवाँले भरियो । सो क्रममा सुरक्षाकर्मीसँग उनको झडपसमेत भएको थियो ।
आक्रमणमा दुई सांसद घाइते भएका छन्, जसमध्ये एक सांसदको अवस्था चिन्ताजनक छ । सभामुख एना ब्रनाबिकले भने आफ्नो काम जारी राखेकी थिइन् ।
सर्बियाको संसदले मंगलबार देशका विश्वविद्यालयहरूको लागि कोष बढाउन एक कानून पारित गर्ने तयारी गरेकाे थियाे । यससँगै प्रधानमन्त्री मिलोस भुसेभिकको राजीनामाको विषयमा पनि छलफल हुने भए पनि सत्तारुढ गठबन्धनले प्रस्तुत गरेको एजेण्डामा अन्य विषयमा विपक्षीहरु असन्तुष्ट थिए । यसपछि खैलाबैला मच्चियो ।
१५ जनाको ज्यान गएपछि आन्दोलन सुरु भएको थियो
वास्तवमा नोभेम्बर १ मा सर्बियाको दोस्रो ठूलो सहर नोभि सादमा रहेको रेलवे स्टेशनको छानाको एक भाग भत्किएको थियो। जसमा १५ जनाको मृत्यु भएको थियो ।
यो घटनापछि मुलुकभर सरकारविरुद्ध विरोध प्रदर्शन सुरु भएको छ । हजारौं मानिस सडकमा उत्रिएर यस घटनाको जवाफदेहिताको माग गर्न थाले ।
निर्माण आयोजनामा भएको भ्रष्टाचारका कारण बालकनी भत्किने घटना भएको स्थानीयको आरोप छ ।
आन्दोलनमा सहभागी विद्यार्थीले दैनिक १५ मिनेटसम्म जनताको बाटो अवरुद्ध गर्ने गरेका थिए ।
उक्त आन्दोलनमा विद्यार्थीहरुको ठूलो सहभागिता रहेको थियो । उनीहरुले हरेक दिन राति ११ः५२ बजे देशभर १५ मिनेट सवारीसाधन आवागमन बन्द गर्ने गरेका थिए ।
यही बेला रेलवे स्टेशनमा बालकनी खस्दा दुर्घटना भएको थियो । यसबाहेक देशका विश्वविद्यालयहरूमा पढाइ पनि ठप्प भएको छ ।
उनको आक्रोश शान्त पार्न प्रधानमन्त्रीले राजीनामा दिएका थिए ।
गत वर्ष नोभेम्बर २४ मा आन्दोलन झनै चर्कियो । मानिसहरु काममा जान छाडेका छन् ।
जनताको बढ्दो आक्रोशलाई देखेर प्रधानमन्त्री भुसेभिकले देशमा तनाव थपिन नचाहेको भन्दै परिस्थिति शान्त पार्न पदबाट राजीनामा दिएको बताएका थिए ।
भुसेभिक मे २०२४ देखि प्रधानमन्त्रीको पदमा थिए। यसअघि उनले उपप्रधानमन्त्री र रक्षामन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । एजेन्सीबाट