

काठमाडौं । अमेरिकामा अवैधरुपमा बसेका नेपालीहरूलाई लिएर आएको चार्टर विमान काठमाडौं ओर्लिएको छ। अमेरिकी चार्टर विमान बुधबार बिहान ९:५५ बजे काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण भएको हो।
यो विमान अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको हाे । जहाँ १० जना आप्रवासी नेपालीहरू रहेकाे विमानस्थल स्राेतले जनाएकाे छ ।
याेसँगै अमेरिकाबाट देश निकाला हुने नेपालीकाे संख्या ३७ पुगेकाे छ । तर, नेपालमै यसरी छाडिएकाे घटना पहिलाे भने हाेइन ।
यसअघि अध्यागमनसम्बन्धी अमेरिकी निकाय ‘इमिग्रेसन एन्ड कस्टम इनफोर्समेन्ट’ (आइस)ले जनवरीमा ६ जना, फेब्रुअरीमा २० जना र मार्चमा १ नेपाली फिर्ता गरिसकेकाे छ ।
निष्कासित भएकाहरूमध्ये गैरकानुनी तरिकाले अमेरिका बस्दै आएका केहीलाई त्यहाँको अध्यागमन मामिला हेर्ने अदालतले निष्कासन गर्ने फैसला सुनाएको थियो भने केहीलाई गैरकानुनी रूपमा काम गरिरहेका बेला पक्राउ गरेका थिए।
डोनाल्ड ट्रम्पले राष्ट्रपतिको सपथ लिएसँगै गैरकानुनी रूपमा बसिरहेका आप्रवासीहरूप्रति कारबाहीकाे नीति अघि सारेका थिए । जुन नीतिअनुसार नै आप्रवासीहरूलाई ट्रम्प प्रशासनले धमाधम अमेरिकाबाट निष्कासन गर्न थालेकाे हाे ।