

सिरहाकी रिंकुकुमारी सदायको मृत्यु प्रकरणका मुख्य आरोपी रुपेश मण्डल पक्राउ परेका छन् । मण्डललाई पक्राउ गरेको सिरहाका एसपी रमेश पण्डितले जानकारी दिए । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु ३० माघमा आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
मृत्यु हुनुअघि रिंकुले आफूमाथि बलात्कार भएको बताएपछि घटना सामसुम पार्न गाउँमै पञ्चायती सभा समेत बसेको थियो ।