

काठमाडौं । बलात्कार आरोपमा दुई नेपाली विद्यार्थी अमेरिकामा पक्राउ छन् । पक्राउ पर्नेमा १९ वर्षीय सुजन तामाङ र २० वर्षीय दीपक फुयाँल छन् ।
मिनेसोटा राज्यको सेन्ट क्लाउड स्टेट युनिभर्सिटीमा अध्ययनरत तामाङ र फुयाँलमाथि गत १ नोभेम्बर राति मिनेसोटाको सेन्ट क्लाउडको फस्ट एभेन्यु साउथ ठेगानामा रहेको युनिभर्सिटीको छात्रावासको कोठामा आफूसँगै लगेर एक महिला विद्यार्थीलाई बलात्कार गरेको आरोप लगाइएको छ ।
सोधपुछका क्रममा उनीहरूले आफूहरू घटनामा संलग्न नरहेको दाबी गरेको बुझिएको छ । सोधपुछका क्रममा उनीहरूले आफ्नो स्पष्टीकरण बताएपछि फरार भएका थिए ।
उनीहरूलाई प्रहरीले स्थानीय समयअनुसार ५ मार्च बुधबार अदालतमा पहिलो पटक पेस गर्नेछ ।