जसपा नेपालले राजमार्ग केन्द्रित ‘जनजागरण अभियान’ सञ्चालन गर्ने-Sutra News

जसपा नेपालले राजमार्ग केन्द्रित ‘जनजागरण अभियान’ सञ्चालन गर्ने

बुधबार, २१ फाल्गुन २०८१

बुधबार, २१ फाल्गुन २०८१

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले ‘जनजागरण अभियान’ सञ्चालन गर्ने भएको छ । जसपा नेपालले देशका प्रमुख तीन वटा राजमार्ग केन्द्रित अभियान सञ्चालन गर्न लागेको हो ।



जसपा नेपालका प्रवक्ता मनीष सुमनका अनुसार जनतासँग जसपा नेपालः आधारभूत संगठन निर्माण अभियान’ लाई वैशाखसम्म सञ्चालन गर्ने पार्टीले निर्णय गरेको छ । वैशाखमा उक्त अभियान सकिएपछि हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्ग र हिमाली राजमार्ग केन्द्रित अभियान चलाउने निर्णय भएको उनले बताए ।

अभियानको समय तालिका भने तय गर्न बाँकी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट