हत्या, हिंसा र बदलाको आगोले जलेको शाह वंशीय सिंहासन-Sutra News

हत्या, हिंसा र बदलाको आगोले जलेको शाह वंशीय सिंहासन

बुधबार, २१ फाल्गुन २०८१

बुधबार, २१ फाल्गुन २०८१

कोमामा राजा घोषित भएका तत्कालीन दीपेन्द्र शाहको मृत्यु भएपछि उनका काका ज्ञानेन्द्र शाहलाई नेपालको राजा बनाइयो । दरबार हत्याकाण्डपछि मूल हाँगोबाट दोस्रो हाँगो (चौतारिया) ज्ञानेन्द्र शाह राजा भए । वीरेन्द्रले संवैधानिक राजा हुन् अनुमोदन गरेर जनता नै राज्यको सर्वोपरी शक्ति मानेर शासन गरिरहेका थिए र उनी लोकप्रिय पनि थिए । लोक सम्मतीलाई नै प्रजातन्त्रको आधार मान्ने सोझा राजाको वंश नै सखाप पारियो । नेपालको इतिहासमा कोतपर्वभन्दा पनि यो घटनालाई अत्यन्तै विध्वंसका रूपमा लिइन्छ किनकि यो हत्याकाण्डमा राज्य प्रमुख नै मारिए ।



ज्ञानेन्द्रले १९ माघ २०६१ मा, निर्वाचित सरकार भंग गरी राज्यसत्ता आफ्नो हातमा लिएका थिए । २०११ मा राजा त्रिभुवनको मृत्युपछि राज्यसत्ता सम्हालेका राजा महेन्द्रले राजनीतिक पार्टीलाई दमन गरेर निर्दलीय पन्चायती व्यवस्थाको माध्यमबाट नेपाललाई समृद्धिको हिसाबले धेरै माथि उठाए र उनी तात्कालिक अवस्थामा अत्यन्तै लोकप्रिय पनि बनेका थिए । त्यसको ठिक विपरीत राजा बनेका ज्ञानेन्द्रले आफ्नो शासन अवधिमा गणना गर्न लायक कुनै पनि काम गर्न सकेनन् मात्रै उनले जन अधिकार खोस्ने र ‘आफु नै राज्य हुँ’ भन्ने दम्भ देखाए ।

ज्ञानेन्द्रले गरेको ‘कु’का विरूद्धमा, २०६२/२०६३ मा जनआन्दोलन भयो जसले २४० वर्षे लामो राजतन्त्रको अन्त्य गरेको थियो र नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरित भयो । यदि राजदरबार हत्याकाण्ड नभएको भए सम्भावत नेपालमा गणतन्त्र स्थापित हुँदैनथ्यो ।

ज्ञानेन्द्रले गरेको ‘कु’का विरूद्धमा, २०६२/२०६३ मा जनआन्दोलन भयो जसले २४० वर्षे लामो राजतन्त्रको अन्त्य गरेको थियो र नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरित भयो । यदि राजदरबार हत्याकाण्ड नभएको भए सम्भावत नेपालमा गणतन्त्र स्थापित हुँदैनथ्यो ।

शाह वंशको इतिहास नै झगडा, द्वन्द्व, खिचातानी, सत्ता स्वार्थ, भोगविलास, स्त्री मोहका कारण धेरै विवादित हुँदै आएको थियो । यो विवादलाई अझै परसम्म गएर हेर्ने हो भने पृथ्वीनारायण शाहका राज्याभिषेकपछि नै द्वन्द्व सुरू भएको हो । पृथ्वीनारायण शाहले सत्ता सम्हालेपछि उनका दुई भाइ पनि त्यसै झगडामा उत्रेका थिए । उनका कान्छा भाइ शूर प्रताप शाह त्यो बेला उनीसँग असहमत भई पारिवारिक झगडामा उत्रिएका थिए । उनका अर्का भाइ ‘जेठा–चौतारा’ महोद्दामकीर्ति शाह पनि गोर्खा राज्यबाट पलायन भएर गोरखा राज्यको विरोधी कास्की राज्यका राजा सिद्धिनारायण शाहको आश्रयमा पुगिसकेका थिए । महोद्दाम आफ्नै दाजुको शत्रु बनेका थिए र गोर्खा राज्यको विरूद्धमा उत्रेका थिए ।

पृथ्वीनारायण शाहको मृत्युपछि वि.सं. १८३१ माघ १ गते, राजधानी काठमाडौं सहरमा बसेका युवराज प्रतापसिंह शाहले नेपाल–अधिराज्यको राजमुकुट पहिरिएपछि राजकुमार ‘चौतारा’ महोद्दामकीर्ति शाह पृथ्वीनारायण शाहविरूद्धमा देश छोडेर अर्को राज्यमा गएको कारण उत्पन्न भएको परिस्थितिले राजगद्दीमा बसेका राजा प्रतापसिंह शाहको मनमा सन्खा उत्पत्ति भएको थियो । उनले सोचे काकाहरूसँग मिली भाइ बहादुर शाहले आफूविरूद्ध चौबीसे राज्यहरूमा गएर विद्रोह गर्ने पो हुन् कि ! मनमा शंका लिई राजपुरोहित गजराज तथा अर्का ‘सरदार’ स्वरूपसि कार्कीको सल्लाहबमोजिम आफ्ना काका दलजित शाहका साथै पिताको किरिया बसिरहेका आफ्नो भाइ बहादुर शाहलाई किरिया भित्रै नुवाकोटमा कैद गरेका थिए । पछि दलजित शाह भागेर बेपत्ता भएकाले उनको सर्वस्वहरण गरिएको थियो ।

राजकुमार बहादुर शाहले नजरबन्द अवस्थामा नै आफ्ना पिताको अन्त्येष्टि काजकिरियाहरू विधिपूर्वक सम्पन्न गरेका थिए । इतिहासमा राजेन्द्रलक्ष्मी र बहादुर शाह देवर भाउजू बिचको द्वन्द्व भयंकर छ । बहादुर शाहलाई पटक पटक निर्वासन (बेतिया) भारतमा पठाउने काम यिनले पनि गरिन् । बहादुर शाहले भोगेको पीडा र देवर भाउजूबिचको सत्ता मोहको द्वन्द्वको कथा नेपाली इतिहासमा पीडादायी छ । शाह वंशको पारिवारिक विद्रोह, सत्ता स्वार्थमै केन्द्रित छ । भाइ–भाइमा शंका, देवर–भाउजूमा शंका, काका–भतिजमा शंका, पण्डित–पुरोहितमा शंका । प्रताप सिंहपछि पृथ्वीवीर विक्रमसम्मत ७औं पुस्तासम्म आइपुग्दा यसमा पारिवारिक द्वन्द्व, हत्या, झगडा र जहाँनीया राणा शासन नेपालमा स्थापित गराउनुमा समेत शाह वंशको स्वार्थ लुकेको थियो ।

भाइ–भाइमा शंका, देवर–भाउजूमा शंका, काका–भतिजमा शंका, पण्डित–पुरोहितमा शंका । प्रताप सिंहपछि पृथ्वीवीर विक्रमसम्मत ७औं पुस्तासम्म आइपुग्दा यसमा पारिवारिक द्वन्द्व, हत्या, झगडा र जहाँनीया राणा शासन नेपालमा स्थापित गराउनुमा समेत शाह वंशको स्वार्थ लुकेको थियो ।

राणा शासन शाहवंशकै कारण जन्मियो र पछि त्रिभुवनको पालामा आइ अन्त भयो । विक्रम सम्बत् १८०० मा राजा भएका पृथ्वीनारायण शाहले राजगद्दीमा बसेको एक वर्ष पुग्दै १८०१ मा नुवाकोट विजय गर्नुले उनको ठुलो राज्यमा शासन गर्ने सपना थियो र यही कारण आधुनिक नेपालको निर्माण भएको हो । त्यो साहसी काम र सपनाका लागि नेपाली जनता सधैँ पृथ्वीनारायण शाहप्रति सम्मान गरिरहने छ । पछिसम्म यो दीगन्त सपना उत्तिकै रहिरहन सकेन र फलस्वरूप वीरेन्द्रको सकल परिवारलाई ध्वस्त पारेपछि शाह वंश आफैले आफ्नो वंशको हत्या गरेपछि यो विरासतको अन्त्य भयो । यो भित्रको यात्रामा लामो कथा व्यथा छ । यसरी आफ्नो सिंहासनमा आफैले आगो लगाएका कारण शाह वंशको १२ औ पुस्तामा यो इतिहासमा सीमित भयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट