

आज मिती २०८१ साल फाल्गुण महिनाको २२ गते विहीबार तदनुसार मार्च महीनाको ६ तारीख सन् २०२५, फाल्गुण शुक्ल पक्षको सप्तमी तिथी, आज बिहान ६ बजेर २२ मिनेटमा काठमाण्डौ उपत्यकामा झुल्कीएको घाम साँझ ६ बजेर ७ मिनेटमा अस्ताउने छ ।
मेष राशी: आजको दिन तपाईका लागि मिश्रित फलदायी रहला । प्रेमको बन्धनमा कसिनेछ भने रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । तथापि, आश्वासन दिएर झुक्याउनेहरू सक्रिय रहन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइने योग छ । सवारीसाधन उपयोग गर्दा आज विशेष सावधानी अपनाउनु हितकर हुनेछ ।
बृष राशि: नाम, दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ । बौद्धिकता र रचनात्मकता बढ्नुका साथै आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग रहेपनि नयाँ तथा महत्वपूर्ण कुनै काममा हात हाल्दै हुनुहुन्छ भने केही समय पर्खंदा राम्रो हुनेछ ।
मीथुन राशि: आजको दिन बाध्यताका काममा जुट्नुपर्ने समय रहेपनि विपरीतलिंगीको माध्यमबाट फाइदा हुने योग छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । धैर्यसाथ बुद्धिको उपयोग गर्दा बिस्तारै काम बन्नेछ । यात्रामा समस्या आउने योग रहेकाले सचेत रहनुहोला । मान महत्व बढ्नेछ ।
कर्कट राशि: चुनौतीपूर्ण समय रहेकाले धेरै परिश्रमका बाबजुद कममात्र सफलता मिल्ला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न बन्न सक्छ । आशा देखाउनेहरूको भरपर्दा धोका हुनसक्ने योग रहेकोले सावधान रहनुहोला । आफ्नै बल विवेकले गरेको काम राम्रो हुनेछ ।
सिंह राशि: बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्ने योग रहेपनि आजको दिन लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटेपनि अरूलाई वचन दिने बानीले दुःख हात लाग्न सक्छ । धर्मकर्ममा आकर्षण बढ्नुका साथै वर्चश्व वृद्धि हुनेछ । कठिन परिश्रमको बलमा तपाईलाई विजयश्री प्राप्त हुने समय रहेको छ ।
कन्या राशि: दौडधुप बढ्नुका साथै आजको दिन पढाइलेखाइमा प्रगति हुनेछ भने स्वास्थ्य सामान्य कमजोर रहन सक्छ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्ने सम्भावना रहेपनि आम्दानी वृद्धि होला । कतै आतिथ्यपूर्ण सम्मान प्राप्त हुन सक्ने तथा प्रेमको बन्धन कसिने तथा दाम्पत्य जीवन सुखद बन्नेछ ।
तुला राशी: प्रयत्न गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धि राम्रै पाइने समय रहेको छ । आफ्नो प्रतिभा देखाउन सकिने हुनाले गुरुजनको विशेष सहयोग जुट्नेछ तर काम बिग्रने भयले सताउला । प्रेमभाव बढ्नुका साथै तपाइले हासिल गर्न चाहनु भएको सफलताको लागि उपयुक्त साइत पर्खनु उचित हुनेछ ।
बृश्चिक राशि: आजको दिन केही खर्चिलो महसुस हुनाका साथै नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । बदनाम व्यक्तिहरूले सहयोगको तत्परता देखाउन सक्ने हुनाले सजग रहनुहोला । आफ्नो अधिकारको रक्षा गर्न विशेष प्रयत्न लगाउनुपर्ला । तपाईको मान महत्व बढ्नुका साथै आजको दिनको पछिल्लो प्रहर समयले साथ दिनेछ ।
धनु राशि: प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन भएपनि सोचेको लाभ मिल्न नसक्ने समय छ । विगतका समस्या बल्झिन सक्ने हुनाले सहयोगको आशा देखाउनेहरूले झुक्याउलान्, सचेत रहनुहोला । आजको प्रयत्न निष्फल जस्तै हुन सक्ने योग रहेपनि आरोग्यताका साथै मनोरंजनको क्षेत्रमा आकर्षण बढ्नेछ ।
मकर राशि: व्यस्तता वृद्धि हुनाका साथै शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइने समय छ । आश मारेको काम बन्नाले उत्साह जाग्नुका साथै एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ । विशेष योजनाहरू बन्नेछन् । आफन्तजनको सहयोग प्राप्त हुनाले महत्वपूर्ण कामको सुरुवात गर्न सकिने समय रहेको छ ।
कुम्भ राशि: न्यून उपलब्धिका लागि निकै मेहनत गर्नुपर्ने समय छ । समुदायको हितमा भने राम्रै काम गर्न सकिने भएपनि सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने योग छ, चनाखो भइ समयोचित लाभ उठाउने प्रयत्न गर्नु तपाईका लागि हितकर हुनेछ ।
र, मिन राशि: इर्ष्या गर्नेहरूले काममा अवरोध पुऱ्याउन सक्ने हुनाले आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । तपाईंका विषयवस्तुमा अरूले अधिकार जमाउन सक्ने तथा शत्रुहरूको चलखेल बढ्नाले गल्तीबिनै आरोप लाग्न सक्छ । धैर्यशाली भइ व्यवहार गर्नु हितकर हुनेछ ।