पूर्वयुवराज पारस शाह ४ दिनपछि अस्पतालबाट डिस्चार्ज-Sutra News

पूर्वयुवराज पारस शाह ४ दिनपछि अस्पतालबाट डिस्चार्ज

बिहिबार, २२ फाल्गुन २०८१

बिहिबार, २२ फाल्गुन २०८१

काठमाडौं । अस्पताल भर्ना भएको चार दिनपछि पूर्वयुवराज पारस शाहलाई डिस्चार्ज गरिएको छ। उनलाई आइतबार राती हृदयघात भएपछि राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।



पारस शाहको हृदयघात उनका निवासमै भएको थियो, जहाँ परिवारको सहयोगमा उनलाई तत्काल अस्पताल लैजानु परेको थियो। अस्पतालमा उपचारका क्रममा उनलाई मुटुमा स्टेन राखिएको र केही दिन चिकित्सकको विशेष निगरानीमा राखेर उपचार गरिएको थियो।

पारस शाहलाई हृदयाघात भएको यो चौथो पटक हो । यसअघि उनलाई २०७५ माघ महिनामा हृदयाघात भएको थियो । त्यतिबेला पनि उनको नर्भिकमै उपचार भएको थियो । त्यसअघि पनि थाइल्यान्डमा रहँदा र अर्को एक पटक पनि हृदयाघात भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट