काठमाडौँ महानगरलाई पठायो सङ्घीय मामिला मन्त्रालयले पत्र-Sutra News

काठमाडौँ महानगरलाई पठायो सङ्घीय मामिला मन्त्रालयले पत्र

बिहिबार, २२ फाल्गुन २०८१

बिहिबार, २२ फाल्गुन २०८१

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्नो कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन आग्रहसहित काठमाडौँ महानगरपालिकालाई पत्राचार गरेको छ ।



मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतका रूपमा काठमाडौँ महानगरपालिकामा खटाइएका कर्मचारी सरोज प्रसाद गुरागाईंलाई महानगर प्रमुख बालेन्द्र साहले हाजिर गर्न नदिएको गुनासो आएको भन्दै मन्त्रालयले कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन आग्रहसहित पत्राचार गरेको हो।

काठमाडौँ महानगरपालिकामा खटाइएका गुरागाईंले आफूलाई गत पुस ८ गतेदेखि कार्यालयमा हाजिर गर्न नदिएको भन्दै मन्त्रालयसमक्ष लिखित गुनासो गरेका थिए । महानगर प्रमुख बालेनले आफ्नो कार्यकक्षमा ताला लगाई काम गर्न नदिएको तथा अनेक झुटा लाञ्छनाहरू समेत लगाएको गुरागाईंले मन्त्रालयलाई दिएको निवेदनमा उल्लेख छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत ‘समृद्धि आयोजना’को प्रमुखका रूपमा कार्यरत गुरागाईंलाई मन्त्रालयले गत भदौ २७ गते प्रमुख प्रशासकीय अधिकृत बनाएर काठमाडौँ महानगरपालिका पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट