के सेयर बजारमा करेक्सन सकिएको हो ?-Sutra News

के सेयर बजारमा करेक्सन सकिएको हो ?

बिहिबार, २२ फाल्गुन २०८१

बिहिबार, २२ फाल्गुन २०८१

काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार) सेयर बजार झिनो अंकले घटेको छ । बिहीबार २.७० अंकले घट्दै बजार २८१८.४३ को बिन्दुमा ओर्लिएको छ ।



बजार लगातार ३ कारोबार दिनदेखि ओरालोमा थियो । बजारमा लगातार उच्च अंकको गिरावट आएको थियो ।

तर, बिहीबार भने झिनो अंकले घट्दै बजारले करेक्सनको तह सकिएको संकेत गरेको छ ।

यस दिन कारोबारमा आएका १३२ कम्पनीको मूल्य घट्दा ९९ को मूल्य बढ्यो भने १२ को स्थिर रह्यो । गार्डियन माइक्रो फाइनान्स, भूगोल इनर्जी, उपकार लघुवित्त र राप्ती हाइड्रोको मूल्य सकारात्मक सर्किट लेबलमा बृद्धि हुँदा नबिलको डिबेन्चरमा १० प्रतिशतले गिरावट आयो ।

करेक्सन चलिरहे पनि बजारमा कारोबार रकममा खास गिरावट आएको छैन । १ करोड ९० लाख ४१ हजार कित्ता सेयर किनबेच हुँदा आज कारोबार रकम १० अर्ब १० करोड रुपैयाँ माथिको भयो ।

आज पनि कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स र नेपाल रि इन्स्योरेन्स शीर्ष स्थानमा रहे । हिमालयन रिको मात्रै १ अर्ब १२ करोड रुपैयाँमाथिको सेयर किनबेच भएको छ ।

लगातार ९ दिन १३७ अंककाे बृद्धिपछि बजारमा सोमबारदेखि  गिरावट चलेकाे थियो । बुधबारसम्म मात्रै बजारमा ६९.१५ अंकको गिरावट आएको थियाे ।

तर, बिहीबार सामान्य उतारचढावसहित बजारमा आएको झिनाे अंककाे गिरावटले करेक्सन सकिएकाे संकेत गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट