एनआईसी एशिया बैकको २७ औं वार्षिक साधारण सभा सम्पन्न-Sutra News

एनआईसी एशिया बैकको २७ औं वार्षिक साधारण सभा सम्पन्न

बिहिबार, २२ फाल्गुन २०८१

बिहिबार, २२ फाल्गुन २०८१

काठमाडौं । एनआईसी एशिया बैक लिमिटेडको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहिबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी बैंकले साधारण सभा सम्पन्न गरेको हो ।



आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा घाटाको हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरु माथी छलफल गरी स्वीकृत गर्नुका साथै बैककों प्रबन्धपत्र र नियमावलिमा समसामयीक संशोधन तथा थप गर्ने प्रस्ताव समेत बैकले पारित गरेको छ ।

साथै बैकले सञ्चालक समितीले प्रस्ताव गरेअनुसार सम्बन्धित निकायहरुको आवश्यक स्वीकृति प्राप्त गरि प्रति शेयर १०० का दरले ५ अर्ब बराबरको एन आईसी एशिया अविमोच्य असञ्चिती अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन राज खनियाले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट