

आज मिती २०८१ साल फाल्गुण महिनाको २३ गते शुक्रबार तदनुसार मार्च महीनाको ७ तारीख सन् २०२५, फाल्गुण शुक्ल पक्षको अष्टमी तिथी, आज बिहान ६ बजेर २१ मिनेटमा काठमाण्डौ उपत्यकामा झुल्कीएको घाम साँझ ६ बजेर ७ मिनेटमा अस्ताउने छ ।
मेष राशी: बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुने समय रहेकाले बोलीको भरमा काम सम्पादन हुन सक्छ । आजको दिन आर्थिक क्रियाकलापमा राम्रै फाइदा उठ्न सक्छ भने रोजगारीको नयाँ अवसर मिल्न सक्छ । बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्ने योग भएकोले सजग रहनुहोला । मिजनको सहयोग प्राप्त हुनेछ ।
बृष राशि: आजको दिन निकै नै शुभदायी छ । व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । सहयोगीहरूले काममा साथ दिनेछन् भने गरेका कामबाट धेरैलाई फाइदा पुग्नेछ । आँटेका काम तत्काल सम्पादन हुनाका साथै व्यापारमा फाइदा हुनेछ । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनाका साथै विभिन्न सहयोग र उपहार पाइने समय छ ।
मीथुन राशि: आजको दिन अनावश्यक भ्रमण हुन सक्ने र स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय रहेकाले बिछोडिएका परिवारजनसँग भेटघाट हुने योग छ भने सहयोगीहरूले काममा उत्साह जगाउनेछन् । आयबल र पराक्रम बढ्नुका साथै शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ ।
कर्कट राशि: कर्मबल बढ्नुका साथै ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने तथा आफ्नै कमजोरीले विवादमा परिने योग छ । सहयोगको आशा देखाउनेहरूले आज धोका दिन सक्ने हुनाले सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढेपनि प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिने समय छ ।
सिंह राशि: रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइने समय भएपनि विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । विगतका समस्या बल्झिन सक्ने सम्भावना भएपनि पहिलेको सफलताले थप हौसला जगाउनेछ । रोकिएका काम बन्नाले उत्साह जाग्ने समय छ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या राशि: दौडधुप वृद्धि भएपनि गरिएका कामको राम्रो मूल्यांकन हुनेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नुका साथै दिर्घकालिन लाभ हुने काम प्रारम्भ गर्ने समय छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढेपनि प्रयास गर्दागर्दै समयमा चिताएको काम सम्पादन नहुन सक्ने योग रहेकोले काममा धैर्य र लगनशीलता बढाउनु हितकर हुनेछ ।
तुला राशी: आजको समय राम्रो रहेकाले बोलीको प्रभाव बढ्नेछ भने विभिन्न अवसरले पछ्याउनेछन् । मेहनत गर्दा प्रशस्त धन आर्जन हुने समय रहनुका साथै रमाइलो यात्रा गर्ने अवसर जुट्ला । कामको चापबाट फुर्सद मिलेको अनुभूति हुनाका साथै साथ दिने मित्रजन भेटिनेछन् । दामपत्यसुख वृद्धि हुनेछ ।
बृश्चिक राशि: सामर्थ्य बढेपनि आजको दिन अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नका बाबजुद दिगो योजना प्रारम्भ हुने समय छ । साझेदारीमा फाइदा हुनाका साथै आम्दानी तथा आयआर्जनका स्रोत समेत बढ्ने योग छ । आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्ने योग रहेकाले बोली र व्यवहारमा संयमता अपनाउनु हितकर होला ।
धनु राशि: अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ने भएपनि प्रयत्नका बाबजुद मौकाको फाइदा उठाउन कठिन पर्न सक्छ । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनुहोला । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नुका साथै बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ ।
मकर राशि: धन आर्जनको समय रहेकाले नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनाका साथै रुचिका विषयमा लगानी बढाउन सकिनेछ । इर्ष्या गर्नेहरूले काममा अवरोध गर्न सक्छन्, सचेत रहनुहोला । व्यस्तता बढ्नुका साथै नियमकानूनले साथ दिनाले दायित्वलाई पूरा गर्न सफल भइनेछ ।
कुम्भ राशि: पराक्रम वृद्धि हुने समय रहेकाले रोकिएका काम बन्नुका साथै नयाँ काम सुरु गर्न सकिनेछ । परिवारजनको साथले काममा उत्साह जगाउनेछ । प्रेम र मित्रताको बन्धन कसिलो बन्नुका साथै दाम्पत्यजीवन सुखमय बन्नेछ । स्वास्थ्यसम्बन्धी सामान्य समस्याको अनुभूति होला । सानातिना काममा अल्झिएर मुख्य काममा अवरोध पुग्न सक्ने योग रहेकाले सचेत रही कर्म गर्नुहोला ।
र, मिन राशि: आजको दिन तपाईको दैनिकीमा परिवर्तन आउने सम्भावना छ । अस्वस्थताले काममा ढिलासुस्ती भएपनि अस्वस्थताका बाबजुद कामको दायित्व भने बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्ने योग रहेपनि प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुन सक्छ, तर अप्रिय समाचारले मन दुःखी तुल्याउला ।