नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?-Sutra News

नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?

शुक्रबार, २३ फाल्गुन २०८१

शुक्रबार, २३ फाल्गुन २०८१

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओ बाँडफाँट भएको छ। शुक्रबार बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलको कार्यालयमा आइपिओ बाँडफाँट भएकाे हाे ।



बाँडफाँटमा गोलाप्रथामार्फत १ लाख ८४ हजार ५०० जनाले सेयर पाएका छन्।

आइपिओमा कुल १८ लाख १७ हजार १४८ आवेदकले २ करोड २४ लाख ४६ हजार ३५० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए। ती आवेदनमध्ये १० हजार ३८६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ।

कम्पनीले सर्वसाधारणका लागि गत फागुन ११ देखि १५ गतेसम्म आईपीओ निष्कासन गरेको थियो ।

लगानीकर्ताले बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्ने जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट