

काठमाडौं । साताको अन्तिम कारोबार दिन (शुक्रबार) सुनको मूल्य घटेको छ । मंगलबारदेखि लगातार बढेको सुनको भाउ शुक्रबार घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।
मूल्य घटेसँगै शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । महासंघका अनुसार यसअघि बिहीबार सुनको मूल्य १ लाख ७० हजार ७ सय रुपैयाँ थियो ।
सुनको मूल्यमा सामान्य करेक्सन भइरहँदा चाँदीको मूल्यमा भने सामान्य बढोत्तरी भएको छ । बिहीबारको तुलनामा शुक्रबार चाँदी प्रतितोला ५ रुपैयाँले बढेको हो ।
आज चाँदीको मूल्य प्रतितोला १ हजार ९९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रति औंश २९११ डलरमा किनबेच भइरहेको छ ।