भूमिपुजन रोक्न खोज्दा झडप, केही प्रदर्शनकारी र नगर प्रहरी घाइते-Sutra News

भूमिपुजन रोक्न खोज्दा झडप, केही प्रदर्शनकारी र नगर प्रहरी घाइते

शुक्रबार, २३ फाल्गुन २०८१

शुक्रबार, २३ फाल्गुन २०८१

पाेखरा । पोखरा महानगरपालिकाले कोटीहोम रोक्न खोजेपछि झडप भएको छ । शुक्रबार मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि पोखराको लेकसाइडमा भूमिपुजन गर्न थालेपछि भएको विवादका क्रममा झडप भएको हो ।



महानगरले अनुमति बेजर भूमि पुजन गर्न नदिने अडान लिएसँगै भएको विवाद झडपमा परिणत भएको हो ।

महानगरले मानव सेवा फाउन्डेसन, नेपाललाइ पोखराको लेकसाइडमा कोटीहोम सञ्चालन गर्न अनुमति दिएको छैन । तर, फाउन्डेसनले जबरजस्ती भूमिपुजन गर्न खोजेपछि महानगरले रोक्न खोजेको थियो । सो क्रममा कोटीहोम सञ्चालक र महानगर प्रहरीबीच झडप भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

पोखरा महानगरले कुनैपनि हालतमा लेकसाइडमा कोटीहोम हुन नसक्ने जिकिर गर्दै आएको छ भने फाउन्डेशनले भने कुनै हालतमा पोखरामा कोटीहोम गरिछाड्ने बताउँदै आएको छ ।

फाउन्डेसनका संस्थापक विजय भण्डारी जुनसुकै हालतमा कोटीहोम गरेरै पोखराबाट फर्कने अडानमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट