आजको राशिफल : यी हुन् आजका भाग्यमानी राशी-Sutra News

आजको राशिफल : यी हुन् आजका भाग्यमानी राशी

आइतबार, २५ फाल्गुन २०८१

आइतबार, २५ फाल्गुन २०८१

आज मिती २०८१ साल फाल्गुण महिनाको २५ गते आइतबार तदनुसार मार्च महीनाको ९ तारीख सन् २०२५, फाल्गुण शुक्ल पक्षको दशमी तिथी, आज बिहान ६ बजेर १९ मिनेटमा काठमाण्डौ उपत्यकामा झुल्कीएको घाम साँझ ६ बजेर ८ मिनेटमा अस्ताउने छ ।



मेष राशी: आजको दिन मुख्य काममा बाधा हुने तथा अरूका लागि बुद्धि खर्चनुपर्ने समय छ । श्रम गरिकन मूल्य प्राप्त नहुनाका साथै स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । सानातिना काममै अल्झनुपर्दा मन खिन्न रहला । अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नुका साथै मेहनतले धेरैको विश्वास जित्न सकिनेछ ।

बृष राशि: शत्रु र रोगबाट छुटकारा मिल्ने समय रहेकाले प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ हुने योग रहेपनी आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने परिस्थितिले पनि अप्ठ्यारो मोडमा उभ्याइदिन सक्छ । तपाईंका कमजोरीको फाइदा अरूले उठाउन सक्ने हुनाले सावधान रहनुहोला । आफन्तको साथ रहने योग रहेको छ ।

मीथुन राशि: प्रतिस्पर्धीहरूले हार खानेछन् भने इर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिने समय छ । आम्दानी बढ्नुका साथै प्रेमको बन्धन कसिने बेला छ । कतै आतिथ्यपूर्ण सम्मान मिल्नुका साथै दाम्पत्यजीवन सुखद तथा समृद्ध बन्नेछ । स्रोतसाधन जुट्नाले दिगो फाइदा हुनेछ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनुका साथै शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट राशि: आजको दिन उत्साहपूर्ण रहनुका साथै मेहनत गर्दा सामान्य आम्दानी भइरहनेछ । व्यावसायिक यात्राको सम्भावना रहेकाले व्यवसायमा फाइदै हुनेछ । आजको दिन सवारी साधन उपयोग गर्दा विशेष सावधानी अपनाउनुहोला । बोलीको गलत अर्थ लाग्न सक्ने र यात्रा गर्दा धनमाल हराउन सक्ने सम्भावना रहेकाले सचेत रहनुहोला ।

सिंह राशि: तपाईको कर्मबलमा बढोत्तरी हुनाका साथै इच्छाशक्ति बढ्ने तथा चिताएको काम सजिलै सम्पादन हुनेछ । प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिने भएपनि आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अध्ययन–अध्यापनमा सुस्तता छाउने र अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ ।

कन्या राशि: अलिक बाध्यताका काममा जुट्नुपर्ने तथा केही विवादमा समेत परिने योग रहेकाले सजग रहनु हितकर होला । मेहनतीहरूका लागि उत्साहजनक समय रहनुका साथै प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ । प्रतिस्पर्धी परास्त हुने तथा सहयोगीहरूले राम्रै साथ दिनेछन् र सफलता मिल्नेछ ।

तुला राशी: दौडधुप वृद्धि भएपनि धन आर्जन गर्ने समय छ । पराक्रम र उत्साह बढ्नुका साथै मुद्दा–मामिलामा पनि विजयी भइनेछ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग रहेपनी नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मेहनत गर्नुपर्ला । साहसिक काममा आकर्षण बढ्नुका साथै दिर्घकालिन लाभ हुने काम शुभारम्भ हुनेछ ।

बृश्चिक राशि: आजको दिन प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्ने हुनाले अधिकारका लागि केही संघर्ष हुन सक्छ । परिस्थिति अलिक प्रतिकूल रहेकाले पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ । साझेदारीमा समस्या आउने देखिएपनि आरोग्यता रहनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त हुनेछ ।

धनु राशि: विभिन्न भौतिक साधनहरू जुट्नाले प्रशन्नता मिल्ने दिन छ । आयआर्जनका स्रोत बढ्नुका साथै व्यापारमा पनि फाइदा नै हुनेछ । आफन्तसँग असमझदारी बढ्न सक्ने तथा बाध्यताका काममा अल्मलिनुपर्ला । कृषि तथा पशुपालनमा फाइदा हुने योग रहेपनी पतिपत्नीमा अविश्वास बढ्ने योग छ । खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ ।

मकर राशि: दिगो फाइदाका लागि लगानी बढाउन सकिने हुनाले आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने समय पनि साथै रहेकाले सोचेको लाभ नमिल्न सक्छ । केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ने भएपनि अप्ठ्यारो काम बन्नेछ । प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ ।

कुम्भ राशि: काम बिग्रने डरले सताइरहने भएकाले अरूको फाइदाका लागि उपयोग भइएला । तथापि, शुभचिन्तकहरूले साथ दिनेछन् र विभिन्न अवसर पाइनेछ । बौद्धिक कार्यबाट राम्रै लाभ हुनाका साथै तपाईंको प्रतिभा धेरैलाई देखाउन सकिनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ भने अध्ययनमा प्रगति हुने समय छ ।

र, मिन राशि: अरूलाई प्रभावित पारेर नाम, दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कामले कीर्तिमानी दिलाउने सम्भावना रहेकाले प्रतिष्ठित काम गर्ने मौका मिल्ला । सवारी साधनको प्रयोगमा आजको दिन अलिक सावधानी अपनाउनु हितकर होला । आज हातमा आएको अवसर गुम्ने योग रहेपनी आफन्तको साथ मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट