

काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार)को प्रिओपन सेसनमा सेयर बजार परिसूचक (नेप्से)मा झिनो अंकको बृद्धि भएको छ । आइतबार १.४४ अंकले बढ्दै नेप्से २८१९.८८ को बिन्दुमा उक्लिएको छ ।
यो सेसनमा १ करोड ४९ लाख बराबरको सेयर किनबेच भयो । १६ हजार ५१२ कित्ता सेयर किनबेच हुँदा सो बराबरको कारोबार भएको थियो ।
यो सेसनमा कारोबारमा आएका ३४ कम्पनीको मूल्य घट्यो भने २९ कम्पनीको मूल्य बढ्यो । ११ कम्पनीको मूल्य भने स्थिर रह्यो ।
यसअघि गत साताको अन्तिम कारोबार दिन (बिहीबार) सेयर बजार २.७० अंकले घटेको थियो । लगातार तीन कारोबार दिन उच्च अंकले घटेको बजार बिहीबार झिनो अंकले घट्दै करेक्सन थामिएको संकेत गरेको थियो ।
आइतबारको प्रिसेसनको कारोबारले पनि सोतर्फ संकेत गरेको छ ।