

काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार) सुनको मूल्यमा सामान्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार शुक्रबारको तुलनामा आइतबार प्रतितोला १०० रुपैयाँले सुनको मूल्य बढेको हो ।
मूल्य बढेसँगै आइतबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सुनको मूल्य बढेपनि आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार शुक्रबारको तुलनामा चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको हो ।
आइतबार स्थानीय बजारमा चाँदी प्रतितोला १ हजार ९८५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंश २९११ डलरमा किनबेच भइरहेको छ ।