

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ आइपुगेका छन् । पोखराबाट समिट एयरको चार्टड फ्लाइटमार्फत् उनी काठमाडौँ आएका हुन् ।
विमानस्थलमा आइपुगेपछि पूर्वराजा शाहलाई समर्थकहरुले घेरेर विमानस्थल गेटबाट अघि बढाएका छन् ।
‘राजा आउ देश बचाउ’को नारा लगाउँदै उनीहरुले पूर्वराजालाई स्वागत गरेका हुन् । उनले हात हल्लाएर समर्थकहरूलाई सम्बोधन गरेका थिए ।
गौशाला, चाबाहिल, महाराजगञ्ज हुँदै पूर्वराजा शाहलाई निर्मल निवास पुर्याउने कार्यक्रम रहेको छ ।