

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्पष्टीकरण बुझाएका छन् । मन्त्रिपरिषद्को २१ गतेको निर्णयानुसार ऊर्जामन्त्री खड्काले यही फागनु २२ गते तीन दिनको समय दिएर घिसिङलाई पदबाट किन नहटाउने भन्दै पाँचौँ पटक स्पष्टीकरण सोधेका थिए।
उक्त स्पष्टीकरणको जवाफ घिसिङले आइतबार दिएका हुन्। घिसिङले १६ पृष्ठमा सफाइ पत्र ऊर्जा मन्त्रालयलाइ पठाएका छन् ।
उनले पत्रमा उनले आफूलाई सरकारले हटाउनुपर्ने कुनै कारण नहरेको जिकिर गरेका छन् । घिसिङले भनेका छन्, ‘सरकारको २१ गतेको सफाइ पेस गर्नेसम्बन्धी निर्णयअनुसार मेरो नियुक्ति रद्द गर्ने तथा पदबाट हटाउनेलगायतका पत्रमा उल्लिखित कुनै पनि कारबाही हुन नपर्ने व्यहोरा निवेदन गर्दछु।’
घिसिङले मन्त्रालयलाई ९८.९९ प्रतिशत अंक दाबी गरी मूल्यांकनका लागि मुख्य कार्यसम्पादन सूचकांक समेटिएको विवरण पेस गरेता पनि उनलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले कार्यसम्पादनमा शून्य नम्बर दिएको छ ।