अमेरिकाबाट ३८ नेपाली डिपोर्ट-Sutra News

अमेरिकाबाट ३८ नेपाली डिपोर्ट

आइतबार, २५ फाल्गुन २०८१

आइतबार, २५ फाल्गुन २०८१

काठमाडौं । अमेरिकामा अवैध तरिकाले बस्दै आएकाहरुलाई विभिन्न देशका नागरिकहरुलाई त्यहाँको सरकारले फिर्ता पठाइरहेको छ । सोहि क्रममा नेपालबाट अमेरिका पुगेर अवैध रुपमा बसोवास गर्दै आएकाहरुलाई धमाधम डिर्पोट गरिरहेको छ । जसको संख्या ३८ पुगेको छ ।



२२ फागुनमा आठ जनालाई नेपाल फर्काउँदा डिपोर्ट हुने नेपालीको संख्या ३५ पुगेको थियो । त्यसयता थप ३ जनाको डीपोर्ट भएको अध्यागमनको रिपोर्ट छ ।

यता, मानव बेचबखिन अनुसन्धान ब्यूरोको टोलीले पनि २० जनवरीयता अमेरिकाबाट नेपाल डिपोर्ट हुनेको संख्या ३८ पुगेको बताएको छ । ब्यूरोका एसएसपी दीपेन्द्र जिसीले ३८ नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेको बताएका छन् ।

अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपतिमा चुनिएपछि गैह्रकानूनी रुपमा अमेरिकामा बसोबसा गर्दै आएकाहरुर धमाधम डिपोर्ट हुन थालेका छन् । २२ फागुनमा मात्रै आठ नेपालीलाई चाटर्ड विमानमार्फत हत्कडी र नेल लगाएर काठमाडौं फिर्ता गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट