आजको राशिफल : यी हुन् आजका भाग्यमानी राशी-Sutra News

आजको राशिफल : यी हुन् आजका भाग्यमानी राशी

सोमबार, २६ फाल्गुन २०८१

सोमबार, २६ फाल्गुन २०८१

आज मिती २०८१ साल फाल्गुण महिनाको २६ गते सोमबार तदनुसार मार्च महीनाको १० तारीख सन् २०२५, फाल्गुण शुक्ल पक्षको एकादशी तिथी एवं आमलकी एकादशी ब्रत, आज बिहान ६ बजेर १८ मिनेटमा काठमाण्डौ उपत्यकामा झुल्कीएको घाम साँझ ६ बजेर ९ मिनेटमा अस्ताउने छ ।



मेष राशी: दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय रहेकाले तार्किक क्षमताले मानसम्मान दिलाउन सक्छ । भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्ने भएपनि चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । तथापि, नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ ।

बृष राशि: आजको दिन सामान्य रहेकाले प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहने देखिन्छ । आफन्तबाट समेत टाढिनुपर्ने समय रहेकाले नजिकका साथीभाइ टाढिन सक्छन् । तर महत्वपूर्ण कुनै काम सफलतापूर्वक सम्पन्न हुने योग रहेकाले इष्टमित्रको सहयोग भने प्राप्त होला ।

मीथुन राशि: आजको दिन रमाइलैसँग बित्नुका साथै परिश्रमको बलमा अरूको मन लोभ्याउँदै नाम, दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कृषिबाट सामान्य लाभ उठाउन सकिनेछ भने परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । आयमूलक काममा आकर्षण रहनाका साथै आफ्नै बल विवेकले काम बन्नेछ ।

कर्कट राशि: आजको दिन नसोचेको ठाउबाट धनलाभ हुने योग रहेपनी बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । काम बिग्रने डरले सताइरहला । बेसुरमा वचन दिने बानीले दुःख पाइएला । आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले महत्वाकांक्षी योजना गोप्य राख्नुहोला ।

सिंह राशि: नयाँ कामले नाम र दाम दिलाउनुका साथै कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मेहनतले सजिलै लक्ष्यमा पुर्याउने हुनाले प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। व्यवसायमा सोचेको प्रगति हुनुका साथै कर्मयोगले मानसम्मान समेत दिलाउनेछ।

कन्या राशि: प्रयत्न गर्दा अवसर पाइनुका साथै परोपकारी काममा सहभागी भइनेछ। तर आफ्ना कमजोरीको फाइदा उठाउनेहरू निकै सक्रिय हुनाले धेरै समय अरूका लागि जुट्नुपर्नेछ। लक्ष्यमा पुग्न निकै संघर्ष गरेपनि श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र प्राप्त हुने देखिन्छ। व्यावसायिक कामलाई निरन्तरता दिन सकिनेछ।

तुला राशी: अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्ने तथा कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। समय लागे पनि मेहनत गर्दा काम बनाउन सकिनेछ भने विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। पहिलेका कमजोरीमा क्रमश: सुधार आउनेछ।

बृश्चिक राशि: घुमफिर तथा मनोरञ्जनको समय रहेकाले प्रियजनसँगको भेटघाटले दिन निकै रमाइलो र उत्साहवर्द्धक रहनेछ। परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्नुका साथै नयाँ परिवेशमा पुगिनेछ, नयाँ साथीभाइ भेटिने तथा प्रेमको बन्धन कसिनेछ। साथीभाइ र सहयोगीहरूले साथ दिनेछन् भने पहिलेको दुविधाले निर्णायक मोड लिनेछ।

धनु राशि: चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ भने ईर्ष्या गर्नेहरू स्वयं पछि पर्ने तथा कर्मयोगले भविष्यको बाटो समाउनेछ। मेहनतले काममा सफलता दिलाउनुका साथै समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका रहनुका साथै रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ।

मकर राशि: कामको मेसो नमिल्दा पछि परिने तथा अरूका लागि बुद्धि खर्चनुपर्ला। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्ने भएपनि समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ने समय रहेको छ।

कुम्भ राशि: हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुपर्ने तथा समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। अरूका लागि उपयोग भइने हुनाले बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। आवेशको व्यवहार तथा सानो असमझदारीले आफन्तजन टाढिन सक्ने तथा रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

र, मिन राशि: अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनुका साथै कर्मयोगले नयाँ मोड लिनेछ भने महत्वपूर्ण काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुने तथा गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मेहनतले नाम, दाम र इनाम कमाउने समय रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट