

काठमाडाैं । अमेरिकामा अर्को भयानक विमान दुर्घटना भएको छ। अमेरिकाकाे पेन्सिलभेनियामा विमान पार्किङ क्षेत्रमा विमान दुर्घटना भएकाे हाे ।
जमिनमा ठोक्किएपछि विमान विस्फोट भयो र आगो लागेकाे थियाे ।
दुर्घटनामा परेकाे विमानमा एकै परिवारका ५ जना सदस्य रहेको पाइएकाे छ ।
विमान दुर्घटनाकाे सार्वजनिक भिडियाे निकै डरलाग्दाे प्रकृतिकाे छ । जहाँ जसमा विशाल आगो र कालो धुवाँ देख्न सकिन्छ।
हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार विमान दुर्घटना पेन्सिलभेनियाको म्यानहाइम टाउनशिपमा ल्यान्कास्टर विमानस्थल नजिकै भएको थियो। आइतबार दिउँसो ३:१८ बजे भएको दुर्घटनापछि राजमार्ग नम्बर ५०१ बन्द गरिएको थियो।
BREAKING:
**”Shocking Plane Crash Rocks Pennsylvania: Ambulances Race to Save Lives in Fiery Chaos!"**
A light aircraft crashed into a residential area in Manheim Township, Pennsylvania, near Lancaster Airport today, March 9, 2025, sparking a massive emergency response. Medics… pic.twitter.com/SnkKIiWfW4
— Mila Joy (@MilaLovesJoe) March 9, 2025
विमान जलिरहेको हेर्न फेयरभ्यू ड्राइभ र मीडोभ्यू कोर्टमा भीड जम्मा भएको थियो। विमानको पछाडिको भाग सहितको भग्नावशेष पार्किङमा पार्क गरिएका कारहरूमा खसेको थियो, जसका कारण धेरै जना घाइते भएको बताइएको छ।
पछिल्लाे समय अमेरिकामा एकपछि अर्काे गरी विमान दुर्घटनाका घटना आइरहेका छन् । जसले त्यहाँकाे हवाइ क्षेत्र के-कति असुरक्षित छ भन्ने देखाएकाे छ । एजेन्सीबाट