

काठमाडौं । बन्धक रिहा गर्न हमास तयार नभएपछि इजराइलले विद्युत आपूर्ति बन्द गरेको छ। युद्धविराम लम्ब्याईरहदा दबाबस्वरूप इजराइलले गाजामा विद्युत आपूर्ति बन्द गर्ने निर्णय गरेको हो।
पहिलो चरणको युद्धविराम अवधि थप ४२ दिन लम्ब्याउन हमासले अस्वीकार गरेको थियो। इजराइलले हमासले आफ्नो युद्धविरामको पहिलो चरणको अवधि बढाउन स्वीकार गरोस् भन्ने चाहन्छ। दोस्रो चरणको युद्धविराममा गजामा दिगो शान्ति घोषणा गर्ने र हमासले बाँकी भएका बन्धकहरू रिहा गर्ने भनिएको थियो।
दोस्रो चरणको युद्धविरामपछि इसराइली सैनिक गजा क्षेत्रबाट फर्कने पनि सर्त छ। त्यसपछि गजामा पुनःनिर्माण योजना कार्यान्वयन गरी इसराइल र गजाको सीमाना खुला गरिने सम्झौता थियो। पहिलो चरणको युद्धविराम सकिएपछि दोस्रो चरणको युद्धविरामका छलफलहरू सकारात्मक ढंगले अगाडि नबढ्दा अमेरिकाको प्रस्तावमा इसराइलले पहिलो चरणकै युद्धविराम थप ७ हप्ता बढाउन सहमत भएको थियो।
त्यसमा हमासले अस्वीकार गरेपछि गजामा मानवीय सहायताका लागि जाने सवारी साधनहरूलाई जान दिएको छैन।