

काठमाडाैं । शान्ति वार्ताकाे चर्चाका बिच रुसले युक्रेनमाथि अर्काे ठूलाे आक्रमण गरेकाे छ । रिपोर्टका अनुसार पछिल्लाे रुसी आक्रमणमा परि ११ जना युक्रेनीले ज्यान गुमाएका छन् ।
युक्रेनी गृह मन्त्रालयले जनाएअनुसार रुसले मिसाइल र ड्रोनमार्फत आक्रमण गरेको थियाे । जसमा कुल ११ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएकाे जनाइएकाे छ ।
घाइतेहरूमा पाँच बालबालिका पनि रहेका छन्।
यसअघि, खार्किभमा ड्रोन आक्रमणबाट ३ जना सर्वसाधारणको मृत्यु भएको पुष्टि भएको थियाे । युक्रेनी मन्त्रालयका अनुसार रुसी सेनाले डोब्रोपिलियामा धेरै रकेट, ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोनले आक्रमण गरेको थियो, जसबाट ३० वटा कार र आठ बहुमंजिला भवनहरूमा क्षति पुगेको थियो।
रिपोर्टका अनुसार, युक्रेनी मन्त्रालयले आक्रमणपछि लागेको आगो निभाउने प्रयास गर्दा रुसले जवाफी आक्रमण गरेको र दमकललाई क्षति पुगेको बताएको छ।
मन्त्रालयले उद्धार टोलीको तस्बिर पनि सार्वजनिक गरेको छ। डोब्रोपिलिया युद्ध अघि यहाँ लगभग २८ हजार मानिसहरू बसोबास गर्थे। यो पूर्वी युक्रेनको डोनेट्स्क क्षेत्रमा पर्छ, जहाँ रुसी सेनाले निरन्तर आक्रमण गरिरहेका छन्।
यसैबीच, युक्रेनी सेनाले रुसी सेनाले रातारात १ इस्कन्दर-के क्रूज मिसाइल र २ इस्कन्दर-एम ब्यालिस्टिक मिसाइलका साथै १४५ ड्रोनले युक्रेनमाथि आक्रमण गरेको बताएको छ। युक्रेनको वायुसेनाले १ क्रुज मिसाइल र ७९ वटा ड्रोन खसालेको दाबी गरेको छ। एजेन्सीबाट